Logo

२०८३, श्रावण ३०गते


images
images

वर्तमान सरकार डेलिभरी दिनकै लागि बनेको हो : गृहमन्त्री

वर्तमान सरकार डेलिभरी दिनकै लागि बनेको हो : गृहमन्त्री

images
  • वर्तमान सरकार डेलिभरी दिनकै लागि बनेको हो : गृहमन्त्री
    images
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको बताएका छन । सिरहा र धनुषामा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बिहीवार बिहान जनकपुर पुग्नुभएका उनले यस्तो बताएका हून ।

    images
    images
    images

    उनले मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुने बताए । उनले संविधानको कार्यान्वयन, समावेशितालाई थप सुदृढ गर्ने, विकास निर्माणका कामहरुलाई दु्रत गति दिने उद्देश्यका साथ नयाँ समीकरण बनेको बताए ।

    images
    images
    images

    उनले सरकार मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको दाबी गरे । उनले गृहमन्त्री लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून बनाउन लागिएको पनि जानकारी दिए  ।

    images
    images
    images

    नयाँ प्रहरी कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुने बताए । प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु हुने उनको दाबी छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।