Logo

२०८३, श्रावण ३१गते


images
images

यो सरकारलाई सफल बनाउनुको विकल्प छैनः गृहमन्त्री

यो सरकारलाई सफल बनाउनुको विकल्प छैनः गृहमन्त्री

images
  • यो सरकारलाई सफल बनाउनुको विकल्प छैनः गृहमन्त्री
    images
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन,दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताएका छन ।

    images
    images
    images

    शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन । उनले मुलुकमा अहिले दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै सरकार बनाउनकै लागि सरकार गठन नभएको बताए ।

    images
    images
    images

    उनले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताए  । उनले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको बताए ।

    images
    images
    images

    उनले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको बताए । राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको बताए ।

    उनले वर्तमान सरकारलाई सफल बनाउनुको विकल्प नरहेको बताए ।

    गृहमन्त्री लेखकले जनताका निराशालाई आशामा बदल्नुपर्ने र अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प नरहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।