Logo

२०८३, श्रावण ३१गते


images
images

भूकम्पपीडितलाई राहत वितरण र पुनः स्थापनामा तीव्रता दिइएको छ : गृहमन्त्री

भूकम्पपीडितलाई राहत वितरण र पुनः स्थापनामा तीव्रता दिइएको छ : गृहमन्त्री

images
  • भूकम्पपीडितलाई राहत वितरण र पुनः स्थापनामा तीव्रता दिइएको छ  : गृहमन्त्री
    images
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपत् व्यवस्थापनका सम्बन्धमा राहत र पुनः स्थापनालाई सरकारले तीव्रताका  साथ अगाडि बढाएको बताएका छन् । 

    images
    images
    images

    राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पछिल्लो समयमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको बताउँदै यसबीचमा राहत र पुनः स्थापनालाई प्राथमिकताका साथ काम भइरहेको बताए । 

    images
    images
    images

    उनले भने, ‘विस.२०७९ कात्तिक २३ गते डोटी र २०८० असोज १६ गते बझाङमा गएको भूकम्प र २०८० साल कात्तिक १७ गते राति जाजरकोट केन्द्र बिन्दु भई गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको हामी सबैलाई अवगत नै छ, यसबीचमा राहत र पुनः स्थापनाका कामहरू भए पनि जुन गतिमा हुनुपर्ने थियो त्यो हुन नसकेको यथार्थ हो, म गृहमन्त्रीको रूपमा आइसकेपछि यो प्रक्रियालाई अगाडि बढाउने कार्य प्राथमिकतामा राखी कार्य गरिरहेको छु ।’

    images
    images
    images

    डोटी भूकम्पको लाभग्राहीसँग सम्झौता सुरु भइसकेको उल्लेख गर्दै उनले हालसम्म करिब ५८३ परिवारसँग सम्झौता सम्पन्न भैसकेको र सम्झौताको आधारमा रकम निकासाको प्रक्रिया अगाडि बढेको सांसदलाई जानकारी दिए । 

    मन्त्री लेखकले भने, ‘जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रुपैयाँ निकासा भइसकेको छ, रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भई रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको छ, गत माघमा मात्रै भूकम्प प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ८० करोड रुपैयाँ निकासा भएको छ ।’

    मनसुनजन्य विपद् एवं भूकम्पपीडितको पुनः स्थापना र क्षतिग्रस्त संरचनाको पुनः निर्माण लागि विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को गत पुस २८ गते बसेको बैठकले एक खर्ब एक अर्ब रुपैयाँ बराबरको पुनः निर्माण तथा पुनः स्थापना योजना स्वीकृत गरी निजी आवास र भौतिक पूर्वाधार पुनः निर्माणका लागि मार्गचित्र तयार भएको उनको भनाइ छ । 

    उनले भने, ‘सोको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने र कार्यान्वयन गर्ने निकायले योजनाको प्राथमिकीकरण गर्ने कार्य सुरु भएको छ, यस क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुने गरी विपी राजमार्ग लगायतका प्रमुख राजमार्ग र पुल पुनः निर्माणका लागि रकम विनियोजन भई कार्य अघि बढिसकेको छ ।’

    जाजरकोट भूकम्पको विस्तृत क्षति आकलन पनि यसै महिनाबाट सुरु भइसकेको र स्थलगत प्राविधिकहरूको तालिम सम्पन्न भइसकेको उनको भनाइ छ । पश्चिम नेपाल भूकम्पको पुनः निर्माणका लागि सहयोग पुर्‍याउन बझाङ, अछाम र जाजरकोटमा स्थलगत कार्यालय खोल्नका लागि अस्थायी दरबन्दी सिर्जना भइसकेको उनको बताए । 

    ‘अस्थायी आवाससम्बन्धी कार्यविधिमा परिवार सङ्ख्याका हकमा आवासको क्षतिको हकमा परिवार सङ्ख्यालाई आधार नलिई विपद्का बखत एउटै आवासमा बसोबास गरिआएका जतिसुकै परिवार सङ्ख्या भए पनि ती सबैलाई एउटै परिवार मानी एउटा अस्थायी आवास लाभग्राही कायम गराउने व्यवस्था गरिएको छ’, उनले भने ।  

    त्यसै गरी सल्यान महोत्सवमा भएको आगलागीमा सुरक्षा टोली खटाई आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको साथै उक्त घटनामा मानवीय र पशु चौपायहरुको क्षति नभएको उनले जानकारी दिए । आगलागी कसले लगाएको सम्बन्धमा खुल्न नआएको र आवश्यक अनुसन्धान कार्य भइरहेको उनको भनाइ थियो । 

    मन्त्री लेखकले भने, ‘त्यस्तै सिंहदरबारमा खानेपानी मन्त्रालयमा भएको आगलागीले हामीले सरकारी निकायमा अपनाउनुपर्ने सतर्कताका लागि थप सजग बनाएको छ । 

    सिंहदरबार परिसरमा रहेका निकायका भवनहरूको समग्र विपद् जोखिम मूल्याङ्कन गर्नेका लागि मन्त्रालयमा एउटा समिति गठन गरी काम अगाडि बढाइएको छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।