काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहारका घटनामा दोषी जोसुकै भएपनि छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । उनले प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई यस्तो निर्देशन दिएका हुन् गृहमन्त्रीको निर्देशनपछि अब गत बिहीवार ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशीलाइ पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।
बुधवार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।
मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट तथा दुव्र्यवहार भइरहेका घटनाहरु सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।
‘घटनामा संलग्न जो सुकै भएपनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु ।’ मन्त्री लेखकले भने– ‘समाजमा शान्ति सुरक्षामा खलल् पु¥याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन भनिसकेको छु ।’
ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता जोशीलाई भने सरकारले उन्मुक्ति दिएको छ । यही घटनामा संलग्न अन्य पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिए पनि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य रहेका जोशी भने अझै पक्राउ परेका छैनन् । उनीसहितको समूहले गत बिहीवार ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology