Logo

२०८३, आश्विन ९गते


images
images

कोभिडको कारण चहलपहल शून्य रुरुधाम 

कोभिडको कारण चहलपहल शून्य रुरुधाम 

images
  • सेतोमसी सहकर्मी
  • कोभिडको कारण चहलपहल शून्य रुरुधाम 
    images
    images

    कृष्ण अन्जान, रुरु । पवित्र धार्मिक स्थल रुरुधाममा काेभिडकाे असरका कारण गतिविधि करिव शून्य छ ।

    images
    images
    images


    हरेक पवित्र धार्मिक दिनहरुमा कालिगण्डकी नदिकाे स्नान ऋषिकेश भगवान लगाएतका मठमन्दिर हरुमा दर्शन गर्न रुरुधाम पुग्ने दर्शालु भक्तालुहरुमा काेभिडकै कारण नव्वे प्रतिशत कमि देखिएकाे रुरु सँस्कृत विध्यापिठका उप  प्रध्यापक समेत रहेका स्थानिय समाजसेवी मधुसुदन ज्ञवाली बताउनु हुन्छ ।

    images
    images
    images

    received_351202100026271.jpeg
    मुख्यतया वर्षकाे शुरुवात बैशाखे सँक्रान्ति देखिनै रुरुधाममा धार्मिक पर्यटकहरु आउने र याे प्रकृया वर्ष भरि नै चलिरहन हरेक महिना अौँशि पुर्णिामा एकादशि लगायत नागपंचमी, जनै पुर्णिमा जन्माष्ठमि, कार्तिक ठुला एकादशि, द्दादशि, माघेसक्रान्तिका तिनै दिन, रामनवमीमा तिर्थाटन गर्नेहरुकाे घुईँचाे लाग्ने गरेकाेमा विगत वर्ष देखि काेभिड सँक्रमणकाे त्रासले खासै तिर्थालुहरु रुरुधाममा नआएकाे  उप प्राध्यापक ज्ञवालीले बताउनु भयाे । 

    images
    images
    images

    जनैपूर्णिमामा पनि रुरुधाम करिव शून्य देखियाे । एकाध रिडी बजार बासिहरुले नदि स्नान गरेपनि आसपासका गाउँ हरुबाट रुरुधाममा तिर्थालु हरु नझरेकाे रिडीबजारका समाजसेवी अजित श्रेष्ठले बताउनु भयाे ।


    काेभिड सँक्रमणकाे त्रासले मानिसहरु घरबाट निस्कनै नसक्ने अवस्थामा धार्मिक क्षेत्रमा सुन्यता स्वाभाविकै भएकाे रिडीबजारका समाजसेवी अजित श्रेष्ठले प्रतिक्रिया दिनु भयाे ।


    करिव डेढ वर्ष देखि रुरुधामकाे अवस्था दयनिय छ धार्मिक पर्यटकहरु अाउन सकेका छैनन , रिडी हुँदै जाने सवारी साधन हरु नराेकिकनै सिधै गन्तव्यमा जान थालेपछि रिडीकाे व्यापार व्यवसाय पनि चौपट छ अझै हाेटल व्यवसायीहरु त ठुलाे व्यवसायीक मारमा परेकाे रिडी वसपार्कका समाज सेवी सुरज गुरुँगले भन्नु भयाे ।

     

    अत्यन्तै कठिन अवस्थामा रहेका रिडीबजारका हाेटल व्यवसायीहरुलाई सरकारले विशेष राहत प्याकेजकाे व्यवस्था गर्नु पर्ने गुरुँगकाे माग छ ।
    हुनपनि  धार्मिक पर्यटक हरुकाे अागमन सँगै रिडीबजार हुँदै जाने सवारी साधनका यात्रुहरुले खाने खाजा र खाना बाटै चल्ने रिडीबजारका हाेटल व्यवसायीकाे व्यवसाय चौपट छ र वास्तवमै उनिहरु मर्कामा परेका छन ।


    हाेटल खाेलेपनि व्यापार त हुँदैन, मान्छेहरु हाेटल  भित्र पस्न पनि तर्सिन्छन, बजार अाउनेहरुले पनि घरबाटै अर्नि बनाएर ल्याउँछन खान्छन, जान्छन। हाेटल खाेलेर कुर्न मात्रै एक दुई दिन खाेल्याे फेरि लकडाउन हुन्छ घरमै खुम्च्याे वस्याे डेढ वर्ष देखि यहि प्रक्रिया छ रिडीबजारमा नेवारी खाजा घर सन्चालन गर्ने मिना श्रेष्ठले गुनासाे गर्नु भयाे ।  


    अवस्य पनि व्यवसाय शून्य छ बजार शून्य छ । रुरुधाम बाट बग्ने पवित्र कालिगण्डकीकाे घाट शून्य छ दर्जनौं मठमन्दिर शून्य छन काेभिड सँक्रमणकाे त्रास भित्रकाे सन्नाटामा रुरुक्षेत्रकाे रुरुधाम वासिहरुले जेनतेन जीवन धान्दै अाईरहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरुधाम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।