Logo

२०८३, श्रावण २७गते


images
images

परिवेश

युवा मस्तिष्कमा विष होईन, विचार भरौं

युवा मस्तिष्कमा विष होईन, विचार भरौं

images
  • युवा मस्तिष्कमा विष होईन, विचार भरौं
    images
    images

    आफूभन्दा फरक पार्टीको एकजनासँग अलि बढी नै मिल्ने, सँगै हिड्ने, खाने, बस्ने आदि देखेर केही समय पहिले अर्को एउटा भाइले प्रश्न गर्यो - तपाइँहरु फरक पार्टीको भएर पनि कसरी यस्तो निकटता ? त्यतिबेला उसलाई ठ्याक्कै दिने उत्तर मसँग भएन, हाँसेर टारिदिए । तर त्यतिबेला मभित्र एउटा अचम्मको भाव आयो, अनि एकदमै चकित भएँ । भर्खर स्नातक पढ्दै गरेको भाइको यस्तो प्रश्नले उसको मस्तिष्कमा कस्तो बिष सिञ्चित भएछ भन्ने लाग्यो । त्यस्तो कलिलो मस्तिष्कमा फरक पार्टीकासँग साथ सङ्गत गर्नै हुँदैन, हिँड्नै हुँदैन भन्ने चिन्तन कहाँबाट आयो होला ?

    images
    images
    images

    के फरक राजनैतिक विचार राख्दैमा बोल्नै नहुने, हिड्नै नहुने, व्यवहार गर्नै नहुने हुन्छ र ? युवा मस्तिष्कमा यस्तो मन्द बिष कसले घोलिदियो होला ? यस्ताको पहिचान गर्न पर्छ कि पर्दैन ? अहिले पढ्दै गरेको युवामा यस्तो सोँच विकास भए भोलि उ राजनीतिमा आउँदाको अवस्था कस्तो होला ? अनि हामी यस्तो चिन्तन लिएर कसरी एउटै समाजमा बस्न सक्छौं होला ? हामीले तयार गर्न खोजेको समाज यस्तो सोँचबाट अघि बढ्यो भने त्यसले कस्तो रुप लिन्छ होला ? हामी लोकतान्त्रिक व्यवस्थामा छौं । हामीले आफ्नो विचार स्वतन्त्रतापुर्वक राख्न सक्छौं, राजनैतिक दल स्थापना गर्न पाउछौं, आलोचना विरोध अनि समर्थन पनि गर्न पाउछौँ । यो लोकतन्त्रको सुन्दर पक्ष नै हो । यसो भन्दैगर्दा फरक विचार हुनासाथ निषेध नै गर्नुपर्ने र सही भए पनि गलत नै हो भन्नूपर्ने बाध्यता कहाँबाट आइपर्यो होला अहिलेको युवा पुस्तालाई ?

    images
    images
    images

    किन हामी सामाजिक एवं भौतिक विकासको सवालमा एक हुन सकिरहेका छैनौं ? एकजुट भएर विकृति विसङ्गति विरुद्ध किन बोल्न सकिरहेका छैनौं ? विचार फरक भएपछि हामी विचार विमर्श नै नगरी तथ्य वा आधार बिनै आरोप प्रत्यारोपमा लागिहाल्छौं । यस्तो कार्यले हाम्रो समाज बन्नेमा शंका गर्ने प्रशस्त आधारहरु देखिन्छ ।

    images
    images
    images

    वि.सं.२०७९ सालको स्थानीय निर्वाचन सङ्गै नयाँ युवा पुस्ताका स्वतन्त्र उमेदवारलाई निर्वाचित गराउने लहर छायो । स्वतन्त्र र युवाको नाउँमा निर्वाचनको मतपरिणाम पनि मिश्रत आएको देखियो । यसको अर्थ परिवर्तनका लागि युवा पुस्ता नै अग्रसर हुनुपर्छ भन्ने गरी लगाउन सकिन्छ । पछिल्लो युवा पुस्तामा शैक्षिक योग्यतासँगै सृजनशिलता र आधुनिक प्रविधिसँगको निकटता हुने ठानेर त्यस्तो विश्वास गरिएको हो । सोही अनुरुप युवा पुस्तामा राजनैतिक एवं समाजिक चरित्र नदेखिदा आम नागरिकमा पुनः निराशा देखिने खतरा बढेको छ ।

    २०औं बर्षदेखि राजनीति गरिरहेका र राष्ट्रको विभिन्न पद र ओहदामा आसिन भईसकेका ब्यक्तिहरुको दिनहुँ जसो आउने अभिव्यक्तिमा विपक्षी दलका राजनीतिकर्मी वा सहयात्रीमाथि गरिने प्रहारजनक शैली हेर्दा र सुन्दा छुद्रताको आभाष हुन्छ । उनिहरु यसरी प्रस्तुत हुन्छन् कि - पुनः जीवनमा सहकार्य नै हुँदैन । यस्तो सुन्दा, देख्दा यिनीहरुप्रती पटक्कै विश्वास लाग्दैन । सङ्गै सहकार्य गर्दा बोल्ने गरेको शब्द एकछिन मै बदलिएको हुन्छ । सबैभन्दा बढि आशा गरिएको अहिलेको युवा पुस्तालाई कदापि यसरी प्रस्तुत हुने छुट छैन ।

    पछिल्लो समयमा सस्तो र क्षणिक लोकप्रियताका लागि कुनै घटनाक्रमको पूर्ण अध्ययन नै नगरी तुरुन्तै प्रतिक्रिया दिइहाल्ने, आक्षेप लगाइहाल्ने प्रष्ट प्रमाण छ छैन नहेरी बोलिहाल्ने बानीले समाज बिग्रने अवस्थामा छ । आशा गरिएका युवा पुस्ताले कम्तिमा धैर्य गरेर घटनाक्रमको गहिराइमा गएर कानुनी व्यवस्थाबारे बुझेर, अध्ययन गरेर मात्र बोल्न जरुरी देखिन्छ ।

     पछिल्लो समय नेपालको राजनीतिक परिवेश धमिलिदै गइरहेको छ । जसका कारण पनि निराश बनेका युवालाई टिकेर व्यापार ब्यवसाय गर्न एवम् पेशा गरेर स्वदेशमै बस्न समस्या देखिएको छ । यतिबेला युवा पुस्ताले देश्को राजनीतिमा त्यति चासो देखाएका छैनन् । त्यसको कारण पछिल्ले राजनीति घृणित खेलको रुपमा विकसित हुनु हो । यसलाई सफा गर्न अहिलेका युवा नै अघि सर्नुपर्छ । राजनीतिक क्षेत्रमा रहेका युवाहरु जो कुनै न कुनै राजनीतिक दलको भातृ संघ÷संगठनको सदस्य वा पदाधिकारीको रुपमा रहेका छन् । उनिहरुले नै यो समय हाम्रो हो, हामीबाट नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्न र बुझाउन अति आवश्यक छ । देशमा व्याप्त कु–राजनैतिक परिपाटीलई चिरेर निष्ठा र संस्कारको राजनीतिलाई अगाडि बढाउन युवा नेताहरुले नै पहलकदमी लिनुपर्छ । 

    अर्कोतर्फ एउटा कुनै दलका प्रतिनिधिले कुनै काम गर्न खोज्यो भने त्यो कामले समाजमा पार्ने प्रभाव, आम जनतालाई त्यसबाट हुने लाभको विश्लेषण नै नगरी फरक दलले गर्न खोजेको भन्नासाथ विरोध गर्ने र नकारात्मक प्रचारमा उत्रिने देखिन्छ । जुन गतिविधि हाम्रै लागि प्रत्युत्पादक छ ।

    पछिल्लो समय नेपालको राजनीतिक परिवेश धमिलिदै गइरहेको छ । जसका कारण पनि निराश बनेका युवालाई टिकेर व्यापार ब्यवसाय गर्न एवम् पेशा गरेर स्वदेशमै बस्न समस्या देखिएको छ । यतिबेला युवा पुस्ताले देश्को राजनीतिमा त्यति चासो देखाएका छैनन् । त्यसको कारण पछिल्ले राजनीति घृणित खेलको रुपमा विकसित हुनु हो । यसलाई सफा गर्न अहिलेका युवा नै अघि सर्नुपर्छ । राजनीतिक क्षेत्रमा रहेका युवाहरु जो कुनै न कुनै राजनीतिक दलको भातृ संघ÷संगठनको सदस्य वा पदाधिकारीको रुपमा रहेका छन् । उनिहरुले नै यो समय हाम्रो हो, हामीबाट नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्न र बुझाउन अति आवश्यक छ । देशमा व्याप्त कु–राजनैतिक परिपाटीलई चिरेर निष्ठा र संस्कारको राजनीतिलाई अगाडि बढाउन युवा नेताहरुले नै पहलकदमी लिनुपर्छ ।

    विश्वमा जुन देश नीति र बिधिले चलेको छ, कानुनको सहि पालना भएको छ,  त्यस्ता देशहरु आज समृद्ध र विकसित भएका छन् । देशमा व्याप्त विकृती, विसङ्गती, भ्रष्टाचार वेथितिका विरुद्ध युवाको आवाज बुलन्द हुनैपर्छ । युवा नबोले को बोल्ने ? अहिले नबोले कहिले बोल्ने ? आफुले आस्था राख्ने राजनैतिक दलका नेताले गलत गर्छन् भने गलत ग¥यौ भन्न सक्ने हिम्मत युवामा हुनुपर्छ । होइन भने वर्तमानको जस्तो अस्थिरताले सधै जरो गाडेर बस्नेछ । सक्षम युवा पलायन हुने र असक्षमहरुको राज चल्ने हुनेछ । यो बारे पनि हामी युवा सचेत हुनुपर्छ ।

    बर्षौदेखि पुरानाहरुको शासनशैलीले आजित हाम्रो समाजले एकपटक युवा नेतृत्व खोजेको छ । यसमा नयाँ पुस्ता खरो रुपमा उत्रेर आगामी पुस्ताको लागि आदर्श बन्ने कि उही पुरातन शैलीमा ज्यू-हजुरी, चाकडी गरेरै उपल्ला नेता खुसी पार्ने र झोले नामको पगरी गुथ्ने ? हामी प्रष्ट हुन जरुरी छ, यो पुस्ता छुद्र बनेर फरक विचार राख्नेहरुमाथि अराजक र अपाच्य शब्द प्रयोग गरेर सामाजिक सञ्जाल केन्द्रित हूनुभन्दा सहकार्य र सहजीकरण गर्दै समाज र सामाजिक संस्थाहरुको सफल नेतृत्व गर्न प्रयत्नशिल हुनुपर्छ । 

    अहिलेको समयमा सर्वाधिक आशा भरोसा गरिएको युवा पुस्तामा अनुशासन, सकारात्मक चिन्तन आलोचनात्मक चेत, सामाजिकीकरण जस्ता क्षमता भएको हुनपर्ने कि नपर्ने ? सामाजिक संस्कार अनि मूल्य मान्यताको तराजुमा प्रमाणित हुनपर्ने कि नपर्ने ? बर्षौदेखि पुरानाहरुको शासनशैलीले आजित हाम्रो समाजले एकपटक युवा नेतृत्व खोजेको छ । यसमा नयाँ पुस्ता खरो रुपमा उत्रेर आगामी पुस्ताको लागि आदर्श बन्ने कि उही पुरातन शैलीमा ज्यू-हजुरी, चाकडी गरेरै उपल्ला नेता खुसी पार्ने र झोले नामको पगरी गुथ्ने ?  हामी प्रष्ट हुन जरुरी छ, यो पुस्ता छुद्र बनेर फरक विचार राख्नेहरुमाथि अराजक र अपाच्य शब्द प्रयोग गरेर सामाजिक सञ्जाल केन्द्रित हूनुभन्दा सहकार्य र सहजीकरण गर्दै समाज र सामाजिक संस्थाहरुको सफल नेतृत्व गर्न प्रयत्नशिल हुनुपर्छ । ।

    हाम्रो वरपर रहेका सामाजिक संस्थाहरु जस्तो; सामुदायिक वन, खानेपानी, सामुदायिक विद्यालयजस्ता क्षेत्रमा हामी नै अग्रसर भएर सबैलाइ समेटेर नेतृत्वदायी भुमिकासहित अगाडि बढ्ने कि हरेक क्षेत्रमा राजनैतिक रङ्ग घोलेर संस्था टाट पल्टाउन लागि पर्ने ? सामुदायिक संघ÷संस्थामा मतभेद सृजना गराउने आफ्ना बाहेक अन्यलाई निषेध गर्ने जस्ता कार्य यो पुस्तालाई अशोभनिय हुन्छ ।

    हामीले भोलि आउने पुस्तालाई हाम्रा सामाजिक सम्पत्ति, मठ मन्दिर एवं प्राकृतिक स्रोत सकुसल हस्तान्तरण गर्नुपर्ने दायित्व पनि छ, त्यसलाइ भुल्नु हुदैन । जसरी आज हामीले अघिल्ला पुस्ताका नेतालाइ गाली गरिरहेका हुन्छौं, त्यसरी नै आउने पुस्ताले हामिलाई पुनः गाली गर्ने वातावरण बन्न हुदैन, त्यसतर्फ सचेत हुन जरुरी छ ।

    अहिलेको युवामा सामाजिक उत्तरदायित्वको बोध भएन भने त्यो अर्थहीन बन्न पुग्छ । मैले समाजलाई के दिन सक्छु ? त्यो सोँच हरेक युवामा हुनुपर्छ । आफ्नो वरपर हुने चाडपर्व मेला महोत्सव बिहे, पुजा, मर्दापर्दा जस्ता परम्परागत कार्यमा सरिक हुने, सहयोग गर्ने आफ्ना विचार राख्ने, अरुका कुरा सुन्ने र वैचारिक विमर्श गर्ने बानीको विकास हुन जरुरी छ ।

    विभिन्न क्लबमा आवद्ध भएर सेवा गर्ने फोहोर मैला व्यवस्थापन, रक्तदान बिपद् पर्दा राहत संकलन एवं वितरण, लागू पदार्थ विरुद्ध अभियान जस्ता पुन्य कार्यमा युवावर्ग सदैव तत्पर हुनुपर्छ ।

    एउटा युवा आफैमा पूर्ण समाज हो, जसले हरेक क्षेत्रमा कार्य गर्न सक्छ । उदाहरण बन्न सक्छ, सकारात्मक उर्जाको सञ्चार गर्न सक्छ । सामाजिक दायित्व बोधसंगै यसो गर्न सके आफुले आफैलाई समाजको अगाडि प्रमाणित गर्ने अवसर प्राप्त हुनसक्छ ।

    युवा सामाजिक र सहयोगी भएर मात्र पुग्दैन । उ आफु श्रमसंग जोडिएर अरुलाई पनि श्रममा जोडिन प्रेरित गर्न सक्नुपर्छ । जीविकोपार्जनका लागि कुनै न कुनै उत्पादन कार्यमा संलग्न हुनुपर्छ । उसले गरिरहेको काम पारदर्शी एवं बैध हुन जरुरी छ । अवैध ढङ्गका कार्यहरु, नदिजन्य पदार्थ तस्करी, काठ पैदावर तस्करी लागुपदार्थको कारोबार जस्ता कार्यलाइ आयआर्जनको माध्यम बनाईनु हुँदैन । 

    युवा सामाजिक र सहयोगी भएर मात्र पुग्दैन । उ आफु श्रमसंग जोडिएर अरुलाई पनि श्रममा जोडिन प्रेरित गर्न सक्नुपर्छ । जीविकोपार्जनका लागि कुनै न कुनै उत्पादन कार्यमा संलग्न हुनुपर्छ । उसले गरिरहेको काम पारदर्शी एवं बैध हुन जरुरी छ । अवैध ढङ्गका कार्यहरु, नदिजन्य पदार्थ तस्करी, काठ पैदावर तस्करी लागुपदार्थको कारोबार जस्ता कार्यलाइ आयआर्जनको माध्यम बनाईनु हुँदैन । अर्कोतर्फ, जोँस जागरले भरिपुर्ण युवामा हुने ज्ञान, सीप र क्षमतामा  घमण्ड हुनुहुँदैन । सानो ठूलो सबैसँग नम्रता शिष्टता हुन जरुरी छ । आफ्नो कामको ख्याल गर्दै पारिवारीक र सामाजिक दायित्वलाई बुझ्न सक्ने युवा आजको सफल युवा हो । जसले समाजमा एउटा रोल मोडलको भुमिका निर्वाह गर्दै परिवार, इष्ट मित्र, छरछिमेक सबैलाइ मिलाएर राख्न सक्छ । सबैसङ्ग मिल्न सक्ने खुलेर बोल्न सक्ने ब्यक्तिलाई सबैले माया गर्ने हुदा सबै खाले दम्भ त्यागेर सबैको बन्न सक्ने क्षमताको विकास गर्न जरुरी छ ।

    पछिल्ला बर्षहरुमा स्कुल÷क्याम्पस पढ्ने विद्यार्थीले राजनीति फोहोरी खेल हो, राजनीति हामीलाई गर्नु छैन भनेको सुनिन्छ । यस्तो मानसिकतालाइ चिर्न हामी नै लाग्नुपर्छ । राजनीति फोहोर खेल नभई देश बनाउने नीति हो । राजनीति गर्ने नेताहरु फोहोरी भैदिँदा यस्तो भएको हो । हाम्रो राजनीतिको मुहान नै फोहर भएकाले हामी युवा मिलेर यस्लाई सफा गर्नपर्छ । हामी आफै सफा नियतले लाग्यौं भने हाम्रो घर, समाज, गाउँ टोल, शहर हुँदै पुरै देश बन्छ भन्ने सकारात्मक सोचको विकास गराउन सक्नुपर्छ ।

    हामिले गर्ने हरेक आर्थिक कारोबार एवं लेनदेन पारदर्शी हुन आवश्यक छ । आर्थिक रुपमा सफा भइएन भने समाजले हेर्ने दृष्टिकोण नकारात्मक हुन पुग्छ । व्यवसायिक रुपमा कारोवार गर्दा होस् या कसैसंग पैसा सापटी लिँदा, या त वित्तिय संघसंस्थासंग कारोवार गर्दा, पैसा लिएपछि तिर्नुपर्छ भन्ने मानसिकता राख्नुपर्छ । आर्थिक रुपमा अपारदर्शी र आर्थिक मितव्ययिता नभएको युवा समाजबाटै पतन हुन थाल्छ । अर्थात यस्तो युवालाई समाजले पत्याउन छोड्छ ।

    युवा शक्ति देशको हरेक परिवर्तनमा प्रत्यक्ष जोडिएको शक्ति हो । समाज परिवर्तन र देश विकासको मेरुदण्ड नै युवा पुस्ता हुन् । देशका सम्पूर्ण नागरिकको एक मात्र सपना पुर्वाधार विकाससङ्गै समृद्धि हो । दिगो विकासका हरेक एजेन्डालाई सफल पार्दै समृद्ध नेपालको सपना पुरा गर्न युवापुस्ता अगाडि नआई सुखै छैन । जसका लागि कुनै न कुनै रुपमा युवा राजनीतिसङ्ग जोडिन पर्ने देखिन्छ । अब युवा पुस्ता नै अगाडि बढेर जिम्मेवारी बहन गर्नु पर्ने आवश्यकता देखिन थालेको छ ।

    वर्तमान समाजले युवाबाट ठूलो आशा गरिरहेको छ । गत २०७९ को  स्थानीय निकायको निर्वाचनमा काठमाडौ महानगर र धरान र धनगढी उपमहानगरबाट स्वतन्त्र एवं युवा उमेदवारले निर्वाचन जितेर काम गर्दै जाँदा सबैले आफ्नो ठाउँमा त्यस्तै उमेदवार भइदिए हुन्थ्यो भन्ने कल्पना गरेका छन् ।

    राजनीतिक रुपमा देखिएका समस्याहरुका वावजुत हामीसँग यतिबेला सुनौलो र ऐतिहासिक अवसर आएको छ । यस्तो अवस्थामा हामी किन अग्रसर नहुने ? किन सबैको मन जित्न र भरोसायोग्य बन्न नसक्ने ? किन एउटा पार्टीको मात्र बन्ने ? सबैको साझा बन्न किन नसक्ने ? सामाजिक विकासका निम्ति किन एकजुट हुन नसक्ने ? सबैलाई एउटै मञ्चमा राखेर सबैका बिचार सुनेर नेतृत्व गर्न सक्ने हुन किन नसक्ने ? सम्पुर्ण युवाले एकपटक सोच्न आवश्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।