Logo

२०८३, श्रावण ३०गते


images
images

ओलीले उद्घाटन गरेका सबै आयोजनाहरुको काम तत्काल सक्न प्रधानमन्त्रीको निर्देशन 

ओलीले उद्घाटन गरेका सबै आयोजनाहरुको काम तत्काल सक्न प्रधानमन्त्रीको निर्देशन 

images
  • ओलीले उद्घाटन गरेका सबै आयोजनाहरुको काम तत्काल सक्न प्रधानमन्त्रीको निर्देशन 
    images
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images


    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।

    images
    images
    images


    बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताए ।

    images
    images
    images


    बैठकले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्षति पु¥याएको भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी सम्बद्ध निकायलाई हस्तान्तरणमा लैजाने निर्णय भएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।