काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई विद्युतीय कारोबार ऐनकाे व्यवस्था उल्लंघन गरेकाे आरोपमा पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको छ। उनीसँग जीवन पाण्डे र दुर्गा खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतबाट प्रहरीलाई अनुमति प्राप्त भएकाे हाे।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार उनीमाथि विद्युतीय काराेबार ऐनकाे व्यवस्था उलंघन गरेको आराेप छ।
उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।
न्यायाधीश महेन्द्र काफ्लेकाे इजलासले प्रहरीलाई पक्राउको अनुमति दिएकाे हाे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology