Logo

२०८३, श्रावण ३०गते


images
images

युरी रोडिचेभद्वारा खिचिएका हिमालको फोटो प्रदर्शनी

युरी रोडिचेभद्वारा खिचिएका हिमालको फोटो प्रदर्शनी

images
  • युरी रोडिचेभद्वारा खिचिएका हिमालको फोटो प्रदर्शनी
    images
    images

    राजेश पराजुली, पोखरा ।  पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा रुसी नागरिक युरी रोडिचेभद्वारा खिचिएका हिमालको फोटो प्रदर्शनी एवं पुस्तक सार्वजनिक गरिएको छ । ४५औँ विश्व पर्यटन दिवसको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको हिमाली क्षेत्र निकै उत्कृष्ट रहेको भन्दै यी क्षेत्रको महत्व विश्वभर प्रचारप्रसार गर्न जरुरी रहेको बताए । उनले हिमाली क्षेत्र पदयात्राका लागि पनि निकै उपयुक्त भएको स्पष्ट पार्दै यसमा विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको जिकिरसमेत गरे ।

    images
    images
    images

    मुख्यमन्त्रीले भने, ‘विदेशी पर्यटक हिमाली क्षेत्रको पदयात्राकै लागि नेपाल आउने गरेका छन्, त्यसैले पनि यस्ता पदमार्गको प्रचारप्रसार विदेशमा गर्न आवश्यक छ ।” हिमालको महत्व नेपालीले भन्दा पनि विदेशीले बढी बुझेको भन्दै उनले हिमालको विदेशमा प्रचार गरी बढीभन्दा बढी पर्यटक नेपाल ल्याउन जरुरी भएको बताए । मुख्यमन्त्रीले जलवायु परिवर्तनको असरलाई कम गरी हिमालको संरक्षण गर्नतर्फ सरकार र पर्यटन सम्बद्ध संस्थाले ध्यान दिनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनकै कारण नेपालका हिम शृङ्खलामा हिउँ पग्लिने क्रम बढिरहेकोमा उनले चिन्ता व्यक्त गरे ।

    images
    images
    images

    पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको जिकिर गर्दै मुख्यमन्त्रीले पर्यटनबाट नै प्रदेशको समृद्धि सम्भव हुने बताए । रुसी नागरिक रोडिचेभको प्रशंसा गर्दै मुख्यमन्त्रीले भने, ‘उहाँले २१ वर्ष समय खर्चिएर नेपालका हिमाली क्षेत्रको तस्बिर खिचेर रुसका विभिन्न ठाउँमा प्रदर्शन गरी त्यहाँका आठ करोड जनतालाई नेपालका हिमालका बारेमा जानकारी दिनु निकै प्रशंसनीय कार्य हो ।’

    images
    images
    images

    गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी नेपालकै उत्कृष्ट पर्यटकीयस्थल भएकाले सरकारले पर्यटनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले विविधताको धनी गण्डकी प्रदेशको पर्यटन विकासमा सङ्घ र प्रदेश सरकारले ध्यान दिन जरुरी रहेको बताइन् ।

    foto pardsani.png

    गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनको असरकै कारण हिमालमा हिउँ पग्लन थालेको र त्यसलाई कसरी कम गराउन सकिन्छ भन्ने बारेमा सोच्ने बेला आएको बताए ।

    नेपाल पर्वतारोहण सङ्घका संस्थापक हरिध्वज तुलाचनले पनि बोलेका थिए । रुसी नागरिक रोडिचेभले आफूले हिमालका चित्र खिच्दा पाएको दुःखका बारेमा जानकारी गराउँदै अहिले ती तस्बिर हेर्दा खुसी लागेको बताए । रोडिचेभले २१ वर्षमा ३२ पटक नेपाल आएर हिमालको तस्बिर खिचेका थिए । संग्रहालयमा रोडिचेभका एक सय ४० हिमालका चित्र पुस्तक र फोटो प्रदर्शनीमा राखिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फोटो प्रदर्शनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।