Logo

२०८३, श्रावण ३०गते


images
images

केरवानी माविमा विद्यालय सुधार योजना निर्माणका लागि अन्तरक्रिया

केरवानी माविमा विद्यालय सुधार योजना निर्माणका लागि अन्तरक्रिया

images
  • केरवानी माविमा विद्यालय सुधार योजना निर्माणका लागि अन्तरक्रिया
    images
    images

    देवदह ।  देवदह नगरपालिका वडा नं ५ मा अवस्थित केरवानी माध्यमिक विद्यालयले विद्यालय सुधार योजना निर्माणका लागि अन्तरक्रिया गरेको छ । आइतबार विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सरोकारवाला बिच विद्यालय सभाहलमा अन्तरक्रिया गरिएको विद्यालयका सह-प्रधानाध्यापक खेमानन्द ज्ञवालीले जानकारी दिए । 

    images
    images
    images

    अन्तरक्रियामा आफ्नो प्रस्तुति दिंदै विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले विद्यालयको शैक्षिक गुणस्तरमा विगतका वर्षको तुलानामा सुधार आएको बताए । विद्यालय शिक्षा परिक्षा (एसइई) र कक्षा १२ को परिक्षामा विद्यालयले नगरमै उत्कृष्ट नतिजा दिएको उल्लेख गर्दै प्रअ ढुंगानाले शिक्षाको गुणस्तरसंगै विद्यार्थीको संख्या बढाउने कुरामा पनि विद्यालयले ध्यान केन्द्रित गरिरहेको बताए । 

    images
    images
    images

    मोबाइल एप्लिकेशनमै विद्यार्थीको रेकर्ड राख्ने, उत्पादनका कार्यमा विद्यार्थीलाई जोड्ने तथा संगीत लगायतका अतिरिक्त कक्षाहरू संचालन गरेर विद्यालयले   फरक कार्य गरिरहेको उनको भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण पौडेलले सबैको प्रयासबाट विद्यालयको शिक्षामा सुधार हुने बताए । विद्यालय साझा र सामुदायिक सम्पत्ति रहेको उल्लेख गर्दै उनले सबैको सहयोग र सकारात्मक पहलबाट मात्र उपलब्धि हासिल हुनेमा जोड दिए  । 

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख यज्ञप्रसाद न्यौपानेको संचालन रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सुशिल भट्टराई, विरेन्द्र पाण्डे, सल्लाहकार गुनाखर भुर्तेल, गोविन्द ठटराई सहित विद्यालयका सहायक  प्रधानाध्यापक र विभाग प्रमुखले बोलेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।