काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।
टी–२० विश्वकपदेखि भिसा नपाएका सन्दीपले विश्वकप लिग–२ का खेलहरूका लागि भिसा पाएका हुन् ।
अमेरिकाले भिसा दिएसँगै सन्दीप शुक्रवार नै अमेरिका प्रस्थान गर्नेछन् ।
विश्वकप लिग–२ शृङ्खला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरी रङ्गशालामा हुँदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology