काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन् ।
एक टेलिभिजन कार्यक्रमको अन्तर्वार्तामा कार्यकारी निर्देशक घिसिङले खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन। उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने दावी गरे । यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताउँदै सकेसम्म तिहारमा पुर्याएर निर्यात समेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको उनले बताए ।
घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशी सहित जलविद्युत आयोजनामा ठुलो क्षति पुर्याएको बताउँदै अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले अहिले पनि २१ सय मेगावाट विद्युत उत्पादन भए पनि घटेर १९ सयमा झरेको जानकारी दिए
उनले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology