Logo

२०८३, श्रावण ३०गते


images
images

बैकल्पिक राजनितीको भ्रुण हत्या : आखिर किन ?

बैकल्पिक राजनितीको भ्रुण हत्या : आखिर किन ?

images
  • सेतोमसी सहकर्मी
  • बैकल्पिक राजनितीको भ्रुण हत्या : आखिर किन ?
    images
    images

    नेपालको राजनैतिक गर्भमा हुर्कदै गरेको "बैकल्पिक राजनितीको भ्रुण" हत्याको संकेतले अधिकांशलाई दुखित तुल्याएको छ । नेपालको राजनैतिक इतिहासमा धेरै जनाले धेरै पटक काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रुपमा प्रस्तुत  हुने कठिन प्रयास नगरेका होइनन् तर सम्पुर्ण प्रयासहरु एक हिसाबले बिफल भए ।

    images
    images
    images

     

    images
    images
    images

    पछिल्लो पटक धेरैले भन्ने गरेको राजनीति नजानेको, राजनीति नबुझेको, फेसबुके/माईतीघरे युवाहरुको एउटा समूह बिस्तारै विवेकशील नेपालीबाट विवेकशील साझा हुँदै नेपालको बैकल्पिक राजनीतिक दलको रुपमा स्थापित हुँदै थियो । एकीकरण पछि एउटा दरिलो बिकल्प बन्न सक्ने अनुमान लगाइएको विवेकशील साझा यतिबेला पुनः फुटको बाटोमा अगाडि बढेको छ । 

    images
    images
    images


    पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले आफ्नो ब्यक्तिगत अवधारणा भन्दै अगाडि सारेको "माग परिवर्तन बिचार भन्दा माथी देश" भन्ने डकुमेन्टले विवेकशील साझा पार्टीभित्र हल्ला खल्ला भएको छ । संघीयताको खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहलाई 'फोकस' गरेर अगाडि ल्याईएको अवधारणा प्रती असन्तुष्टि जनाउदै बिरोध सहित प्रतिकारमा उत्रीएका पार्टीका संयोजक मिलन पाण्डेले मिश्र जिको डकुमेन्टले पार्टी एकताका आधारभुत सर्तलाई पनि लत्याएको बताएका थिए ।  मिश्रको सोही एजेन्डा केन्द्रिय समितीमा प्रवेश गर्ने सन्दर्भमा अध्यक्ष र संयोजक बिचमा सहमति जुट्न नसकेपछी अध्यक्ष मिश्रले एकल रुपमा केन्द्रिय समितीको बैठक डाँकेका थिए । सहमतिमै केन्द्रिय समितीको बैठक डाक्नको लागि अध्यक्षलाई अनुरोध गर्दा समेत पछाडि नहट्ने कुरा आएपछि संयोजक पाण्डेले पनि प्रतिकार स्वरुप एकल रुपमा बैठकको आव्हान गरेका थिए ।


    सदस्यको तर्फबाट विनम्र अनुरोध

    बिगतमा एकीकरण हुँदाको औचित्य पुष्टि हुन नपाउदै फुटेको विवेकशील साझाका नेताहरु मध्ये साझाका नेताहरुले विवेकशीलका केटाकेटीहरुमा राजनैतिक चेतना नै नभएको र विवेकशीलका ठिटाहरुले साझाका नेताहरु पुरानै शैलीमा चलेको र राजनीतिको बुझाई नै फरक भएकाले अलग अलग भएको बताएका थिए । फुटको औचित्य पुन पुष्टि हुन नपाउदै हतारमा गरिएको दोश्रो पटकको एकताको जग पनि भत्किन लागेको छ ।  

    विवेकशील भनिएका केन्द्रिय सदस्यहरुले अलग अलग रुपमा डाकिएका बैठकहरु रद्द गरेर सहमतीमा केन्द्रिय समिती बैठक डाक्न दरिलो दवाब दिन नसक्ने पार्टीका केन्द्रिय सदस्यहरुको बौद्धिकतामाथी सदस्यहरुले प्रश्न उठाएका छन् ।


    विवेकशील साझाको यो खालको किचलोले हामी सम्पुर्ण सदस्यहरु वाक्क, दिक्क र प्याक भैसक्यौं । पार्टीमा देखिएको समस्याहरु पार्टीलाई एकीकृत राखेरै समाधान गर्न तर्फ लाग्नुहोला अन्यथा अब पनि पार्टी फुट्यो भने त्यसको सम्पुर्ण जिम्मा तपाईहरुले लिनुपर्ने मात्रै होइन हामी जस्ता हजारौ युवाहरुको जोस र जाँगरले तपाईहरुलाई नराम्ररी धिकार्नेछ । विवेकशील साझा रबिन्द्र मिश्र र मिलन पाण्डेको साझेदारी कम्पनी होइन । 


    बिस्तारै नेपाली राजनीतिको गर्भमा हुर्किदै गएको बैकल्पिक राजनितिको भ्रुणलाई हत्या गर्न खोज्ने जो कोहि "चाहे त्यो मिलन पाण्डे होस् चाहे त्यो रबिन्द्र मिश्र नै किन नहोस्" इतिहासले माफी दिने छैन ।  

    मनिष प्रयास ✍️

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।