Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप लिग- २ मा युएइको दोस्रो जित

विश्वकप लिग- २ मा युएइको दोस्रो जित

images
  • विश्वकप लिग- २ मा युएइको दोस्रो जित
    images
    images

    काठमाडौं । आइसिसी विश्वकप लिग- २ मा युएइले दोस्रो जित निकालेको छ।

    images
    images
    images

    आइतबार भएको खेलमा युएइले नेदरल्यान्ड्सलाई २६ रनले पराजित गर्दै लिग-२ मा आफ्नो नवौं खेलमा दोस्रो जित निकालेको छ। यसअघि युएइले सेप्टेम्बरमा नामिबियालाई हराएको थियो।

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। उसका लागि कप्तान राहुल चोप्राले ७८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक ध्रुव प्रसारले पनि ५० रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए।

    images
    images
    images

    जवाफमा नेदरल्यान्डस ४७.४ ओभरमा अलआउट हुँदै २ सय १४ रनमा समेटिएको थियो। उसका लागि बास डी लिडले ६६ तथा कप्तान स्कट एडवार्डले ५१ रन बनाएका थिए।

    अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। यो सिरिजमा ओमान, नेदरल्यान्डस् र युएइ रहेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप लिग- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।