Logo

२०८३, आश्विन २८गते


images
images

विश्वकप लिग- २

विश्वकप लिग- २ अन्तर्गत नेपालले ओमानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै

विश्वकप लिग- २ अन्तर्गत नेपालले ओमानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै

images
  • विश्वकप लिग- २ अन्तर्गत नेपालले ओमानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज ओमानविरुद्ध खेल्दैछ ।

    images
    images
    images

    ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ । सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो भने नेपालले क्यानडालाई पराजित गरेको थियो । 

    images
    images
    images

    नेपालले सिरिजको पहिलो खेलमा जित हासिल गरेर सिरिजमा राम्रो शुरुवात गरेको छ । विश्वकप लिग-२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता जोगाउने लडाइमा रहेको छ । यसका लागि नेपालले लिग-२ को अंकतालिकामा शिर्ष ६ भित्र रहनु पर्ने हुन्छ ।

    images
    images
    images

    लिग-२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता स्वतः जोगिनेछ भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप लिग- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।