Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल अमेरिकासँग १०६ रनले पराजित

नेपाल अमेरिकासँग १०६ रनले पराजित

images
  • नेपाल अमेरिकासँग १०६ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपालले ३९.२ ओभरमा अलआउट हुदै १५६ रन मात्र बनाएको हो ।

    images
    images
    images

    नेपालको ब्याटिंग नचल्दा अमेरिकाविरुद्ध ठुलो हार बेहोरेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४० रन बनाएका थिए भने आसिफ सेखले ३७ रन बनाए भने ।

    images
    images
    images

    त्यस्तै भिम सार्कीले २९, आरिफ सेखले २०, सोमपाल कामीले ११ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेल ०, कप्तान रोहित पौडेल २, गुलशन झा ३, करण केसी २, सन्दीप लामिछाने ० मा आउट भएका थिए ।

    images
    images
    images

    त्यस्तै अमेरिकाका बलर हरमीत सिंहले सर्बाधिक ६ विकेट लिए भने सुभम रानजानेले २ रुशील उग्राकरले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउदै २६२ रन बनाएको थियो ।

    अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले अविजित ७० रन बनाए । त्यस्तै साइतेजा मुक्कामल्लाले ४२ रन, सुभम रनजानेले १९ र हरमित सिंहले अविजित १६ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । योजितपछि विश्वकप लिग-२ को अंक तालिकामा अमेरिका शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको २१ खेलमा ३० अंक भएको छ ।

    त्यस्तै नेपालको भने १७ खेलमा १२ अंक रहेको छ र हाल सातौं स्थानमा छ । अब सिरिजको अर्को खेल अमेरिका र युएईबीच मंगलबार हुने तालिका रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप लिग- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।