Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिगको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौँ : ब्रान्ड लजिक

नेपाल प्रिमियर लिगको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौँ : ब्रान्ड लजिक

images
  • नेपाल प्रिमियर लिगको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौँ : ब्रान्ड लजिक
    images
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफैँ आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ । नेपाल प्रीमियर लिगको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ। 

    images
    images
    images

    ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले नेपाल प्रिमियर लिगको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने बताए ।  उनले भने, “नेपाली क्रिकेट फ्यानहरू सधैँ खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित हुनुहुन्छ । हामी नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरूको खेल हेर्दाको अनुभवलाई राम्रो बनाउने विषयप्रति एकदमै सचेत छौँ ।”

    images
    images
    images

    एनपीएललाई विश्वस्तरीय लिग बनाउने लक्ष्यमा खेलको राम्रो क्वालिटीको उत्पादन र प्रसारण महत्त्वपूर्ण रहेको उनले बताएका छन् । 

    images
    images
    images

    “यही कारण हामी विश्वस्तरीय उत्पादन र प्रसारण सम्बन्धी अनुभवी कम्पनीहरूसँग छलफलमा थियौँ । स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौं,” उनले भने । 

    स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपीएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकहरूसम्म पुर्याउनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।