संजय गुरुङ, रुपन्देही । जनता समाजवादी पाटी नेपाल क्षेत्र नम्बर १ रुपन्देहीको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । धकधईस्थित रायमाझी फाउन्डेसनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवको प्रमुख अतिथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो। सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले पाटी एकता पाटी जोगाउन सम्पूर्ण कार्यकार्ता एकजुट भएर लाग्नु पर्न बताएका थिए ।
रुपन्देही जिल्लाका भारि बर्षाका कारण विभिन्न स्थानीय तहका गाउँहरु यस बाढी ले क्षती हुदा प्रदेश सरकार बिपद ब्यवस्थापन बाढी पीडित लाई राहत वितरण दिने प्रदेश सरकारले निर्णय गर्ने समेत बताए । बाढी प्रभावित परिवारप्रती प्रदेश सरकार गम्भीर रहेको उनले बताए ।
त्यसैगरी लुम्बिनी प्रदेश मन्त्री सुमन रायमाझीले राष्ट्रियता र समाजवादको बाटोमा आमजनता हातेमालो गरे लाग्नु पर्ने बताएका थिए भने लुम्बिनी प्रदेशका मन्त्री माननीय पुरमती ढेगा मगरले केपि ओलितन्त्र अन्त्य भएको र ओलि सरकारले दुई -दुई पटक संसद बिगठन गरेर जनताको प्रतिनिधित्व गर्न प्रतिनिधि सभालाई लत्याउने काम फेल भएको बताईन् ।
स्वागत तथा सम्मान कार्यक्रममा केन्द्रिय परिषद सदस्य बिद्या प्रसाद यादव , लुम्बिनी प्रदेश सदस्य महेन्द्र यादव , शिक्षक संघका केन्द्रिय उपाध्यक्ष कला मोहब्दिन खान र समाजसेवी चन्द्र मिश्रा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology