Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग : राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर

नेपाल प्रिमियर लिग : राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर

images
  • नेपाल प्रिमियर लिग : राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर
    images
    images

    काठमाडौं । कलाकार राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल) को लागि लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । एनपीएल को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।

    images
    images
    images

    नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए ।

    images
    images
    images


    सम्झाैताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झाैताको रकम भने खुलाइएको छैन ।

    images
    images
    images


    महानायक हमालले लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी लागेको प्रतिकृया दिएका छन् । ‘क्रिकेटसँग नजिकको सम्बन्ध छ । मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि मात्र हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु ।’

    उनले रोहित पाैडेल नेतृत्वको लुम्बिनी टिमले राम्रो गर्छ भन्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

    मार्की प्लेअर रोहित पाैडेलले समेत महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए । ‘राजेश हमाल लुम्बिनी लायन्सको मात्र नभएर समग्र देशकै एम्बासडर हुनुहुन्छ । टिमले एकदमै राम्रो सपोर्ट गरेको छ,’ उनले भने, ‘अब पालो हाम्रो हो ।’

    कन्सलट्याण्ट प्रशिक्षक शक्ति गाैचनले पनि सिनेमा जगतका महानायक राजेश हमाल लुम्बिनी टिम संग जोडिएकोमा खुसी व्यक्त गरे ।

    लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनपीएलको उपाधि जित्ने लक्ष्यसहित आधारदेखि नै टिम निर्माण गरिरहेको र लक्ष्य उपाधि जित्ने रहेको बताए । साथै उनले एनपीएलमार्फत नेपाली क्रिकेट विकासमा लुम्बिनी लायन्सले पनि केही सहयोग गर्न सक्छ भनेर लागेको जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।