Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से २२ अंकले बढ्यो, ११ अर्बको कारोबार

नेप्से २२ अंकले बढ्यो, ११ अर्बको कारोबार

images
  • नेप्से २२ अंकले बढ्यो, ११ अर्बको कारोबार
    images
    images

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २२.१४ अंकले बढेको छ । नेप्से ०.८० प्रतिशतले बढेर २७६०.२१ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    यसदिन ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँमा दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको सेयर मूल्य घट्दा ९ को स्थिर छ ।

    images
    images
    images

    सोमबार पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, मानुसी लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । 

    images
    images
    images

    सबैभन्दा धेरै गुमाउनेमा इस्टर्न हाइड्रोपावर लिमिटेड छ र यसको सेयर मूल्य दश प्रतिशतले घटेको छ ।

    कारोबारमा रहेको १३ उपसमूहमध्ये आठको समूहगत परिसूचक बढेको छ भने पाँचको घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स क्षेत्रको समूहगत परिसूचक ३.२० प्रतिशतले बढेको छ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।