Logo

२०८३, आश्विन ११गते


images
images

चालु खर्च धान्न पनि नसक्ने मुलुकमा पुग्न लागियो : पृथ्वीसुब्बा गुरुङ

चालु खर्च धान्न पनि नसक्ने मुलुकमा पुग्न लागियो : पृथ्वीसुब्बा गुरुङ

images
  • चालु खर्च धान्न पनि नसक्ने मुलुकमा पुग्न लागियो : पृथ्वीसुब्बा गुरुङ
    images
    images

    राजेश पराजुली, पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आम्दानीले सरकार चलाउन कठिन भएको बताएका छन् । लमजुङको गहतेमा पुननिर्माण गरिएको गहते कालिका मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चालु खर्च धान्न पनी नसक्ने मुलुकमा नेपाल पुग्न लागेकाले नयाँ शिराबाट आशा जगाएर काम गर्नु पर्ने बताए ।

    images
    images
    images

    मन्त्री गुरुङले छोटो समयमा धेरै पटक सरकार परिवर्तन भएका कारणले मुलुकमा निराशा छाएको बताए । स्थायीत्व नभई देशको कुनै पनि क्षेत्रमा विकास नहुने भएकाले सरकारको स्थायीत्वको लागि बाँकी समय यो साढे तिन वर्ष भित्र कुनै पनि सरकार परिवर्तन नगरि यसको ज्ञारेन्टी गरेर कांग्रेस र एमाले मिलेर सरकार चलाएको उनले बताए । साढे तिन वर्ष सरकार परिवर्तन नगरी बिग्रेको अर्थतन्त्र माथी उकास्ने, बेरोजगारीको समस्या हल गर्दै जाने अठोटको साथ सरकार अगाडी बढेको मन्त्री गुरुङको भनाई थियो ।

    images
    images
    images

    मन्त्री गुरुङले देशमा भ्रष्टचार मौलायो भन्ने साथिहरुनै भ्रष्टचार होकी होईन भनेर छानबिन गर्दै गर्दा अनुसन्धान प्राभावित पार्ने गरी नाराजुलस गरिरहेको पनि उल्लेख गरे । कांग्रेसले प्रश्न उठाउंदा एमालेले एउटा व्यक्तिलाई हेरेर संसदीय छानबिन समिती बनाउने कुरा गलत हुन्छ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आफैले हैन समिती बनाउ छानबिन गरौं म तयार छु भनेको उनले बताए ।

    images
    images
    images

    त्यसपश्चात बनेको संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी छानबिन गरेको संचारमन्त्री गुरुङले प्रष्ट पारे । सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिबेदको आधारमा आजको दिनमा अनुसन्धान भईरहेको बताए । रवि लामिछानेको मात्रै होईन धेरै व्यक्तिहरुमाथी प्रतिवेदनको आधारमा पक्राउ गरी अनुसन्धान भईरहेको छ ।

    भ्रष्टचारी भए सरकारले कुनै पनि पार्टीको नेतालाई छुट नदिने मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले यो अदालतको विषय भएकोले रवि सत्य छन् अथवा निर्दोश छन् छैनन् छुट्टाउने जिम्मा पनि सरकारको नभइ न्यायलयको भएको हुँदा न्यायलयले नै फैसला गर्ने बताए । सुन्दरबजार नगरपालिका वडा नं. ५ गहते लेक टोल स्थित मुलकोटमा रहेको पुरातात्विक गहते कालिका मन्दिर २०७७ जेठ बाट पुनः निर्माण सुरु गरिएको हो । करिब ९३ लाखको लागतमा पूननिर्माण गरिएको मन्दिर २५ फिट अग्लो छ भने २ तलाको छाना, बुट्टा कुंदेको टुण्डाल, पित्तलको छानो र गजुर राखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वीसुब्बा गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।