काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भुमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आईतवार काठमाडौंमा सम्बोधन गर्दै उनले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे ।
मन्त्री गुरुङ्गले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताए । उनले सरकारले राष्ट्रलाई श्रीलंका हुनबाट भने जोगाएको जिकिर गरे । सुशासन र सार्वजनिक सेवा प्रभावकारीताको विषय नै पहिलो समस्या रहेको भन्दै उनले भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको स्वीकार गरे ।
मन्त्री गुरुङले विद्यमान ऐन, कानूनहरु अस्पष्ट रहेकाले सरकारले त्यसलाई समाधान गर्न आवश्यक काम गरिरहेको समेत बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology