Logo

२०८३, आश्विन ११गते


images
images

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, प्रदेशका दुवै क्षेत्रमा कांग्रेस

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, प्रदेशका दुवै क्षेत्रमा कांग्रेस

images
  • लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, प्रदेशका दुवै क्षेत्रमा कांग्रेस
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई पराजित गर्दै पृथ्वीसुब्बा निर्वाचित भएका हुन् । गुरूङ गण्डकीका संस्थापक मुख्यमन्त्री हुन् ।
    नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा र माओवादीका महासचिव देवबीच ३ हजार १८८ मतान्तर छ ।
    पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याउदा देवले ३१ हजार ७८१ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१, मंगोल नेशनल अर्गानाइजेसनका विकास गुरुङले ४५७ मत पाएका छन् ।
    १ लाख ३३ हजार ५५९ मतदात रहेको लमजुङमा ८० हजार ९१७ मत खसेको थियो ।                                                   लमजुङका दुवै प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
    प्रदेश ‘क’ मा कांग्रेसका टकराज गुरुङले एमालेका जमिन्द्रमान घलेलाई १ हजार १६१ मतान्तरले पराजित गरे । गुरुङले १८ हजार ५०४ मत ल्याए । घलेले १७ हजार ३४३ मत पाएर पराजित भए ।

    images
    images
    images

    प्रदेश ‘ख’ मा कांग्रेसका भेषबहादुर पौडेलले एमालेका कृष्णप्रसाद अधिकारीलाई ७५४ मतान्तरले हराए । पौडेलले १९ हजार ५५७ र अधिकारीले १८ हजार ८०३ मत पाए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वीसुब्बा गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।