काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएर पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि आज अदालत पेस गरिने भएको छ।
साइबर अपराधलगायत कसुरमा पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालत पेस गरिने भएको हो।
प्रसाईं मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।
प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत आरोप लगाएका थिए ।
प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology