Logo

२०८३, आश्विन १७गते


images
images

दुर्गा प्रसाईंका समर्थकहरूको सभा कोटेश्वरमा

दुर्गा प्रसाईंका समर्थकहरूको सभा कोटेश्वरमा

images
  • दुर्गा प्रसाईंका समर्थकहरूको सभा कोटेश्वरमा
    images
    images

    काठमाडौं । भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतमा रहेका बेला उनका समर्थकहरू कोटेश्वरमा भेला भएका छन् ।

    images
    images
    images

    सत्तारुढ नेकपा एमालेलाई चुनौती दिँदै मंसिर ७ मा काठमाडौंमा सभा गर्ने घोषणा गरेका प्रसाईं मंसिर ४ मा पक्राउ परेर साइबर ब्यूरो भोटाहिटीको हिरासतमा छन् ।

    images
    images
    images

    उनै प्रसाईंले पनि मंसिर ७ गते काठामाडौंमा सभा गर्ने निर्णय गरेका थिए । तर उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी गरेको फेक सामग्री पचार गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरिसकेको छ । त्यहीकारण प्रसाईंको ठूलो सभा असम्भव भएको हो।

    images
    images
    images

    यद्यपि उनले आफूलाई पक्राउ तयारी भइरहेका बेला फेसबुकमार्फत् मंसिर ७ गते काठमाडौंमा भेला हुन समर्थकहरूलाई आह्वान गरेका थिए ।

     

    उनका समर्थकहरू अहिले कोटेश्वर क्षेत्रमा ‘नागरिक मुक्ति आन्दोलन’का नाममा राष्ट्रिय झन्डासहित भेला भएका छन् । भेलामा औपचारिक कार्यक्रम हुने-नहुने खुलेको छैन ।

    प्रसाईंको समर्थकको भेला हुने भएपछि कोटेश्वर र बालकुमारी क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शुक्रबार नै सत्तारुढ दल एमालेले दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । जहाँ अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

    ट्राफिक प्रहरी महाशाखाले पनि दरबारमार्ग, माईतिघर, बालकुमारी र जावलाखेल क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएकाले उक्त स्थान हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभाव पर्ने भएकोले वैकल्पिक सडकको प्रयोग गर्न चालकहरूलाई अपिल गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।