Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार छ दिनदेखि बढिरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको हो । यो साता लगातार सुनको मूल्य बढ्दा तोलामा ७२ सय रुपैयाँले वृद्धि भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ  ।

    images
    images
    images

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि सोमबार, मंगलबार र बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार, ११ सय, ९ सय, १ हजार र १५ सय रुपैयाँले बढेको थियो ।

    images
    images
    images

    आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।