Logo

२०८३, आश्विन १७गते


images
images

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने

images
  • दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने
    फाइल फोटो
    images
    images

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    images
    images
    images

    साइबर क्राइम कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेका उनलाई पहिलो पटक दिइएको म्याद सकिएपछि दोस्रो पटक ५ दिन म्याद लिइएको हो ।

    images
    images
    images

    अदालतले प्रसाईंको उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई आदेश दिएको छ । क्यान्सरका बिरामी प्रसाईंले नियमित औषधि खानुपर्छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबीसहित भिडिओ सार्वजनिक गरेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घरैबाट पक्राउ गरेको थियो ।

    प्रसाईंविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधलगायतका कसुरमा अनुसन्धान अघि बढाइरहेको छ । उनी अहिले साइबर ब्यूरो भोटाहिटीको हिरासतमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।