Logo

२०८३, आश्विन १२गते


images
images

सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ : अर्थमन्त्री

सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ : अर्थमन्त्री

images
  • सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ : अर्थमन्त्री
    images
    images

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको बताएका छन् ।

    images
    images
    images

    नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले नेपाली श्रमिकलाई भविष्यप्रति आस्वस्त तुल्याएको पनि दाबी गरेका हुन् ।

    images
    images
    images

    उनले समाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति सरकारले धेरै काम गर्न बाँकी रहेको बताए ।

    images
    images
    images

    उनले सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी रहेको बताए ।

    उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्रभावकारी कार्यान्वयन र परिणाम दिने गरी अगाडि लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

    उनले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने काम पार्टी नेकपा एमाले भएको बताए ।

    उनले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको दाबी गर्दै अब व्यवहारिक रूपमा कार्यान्वयन र स्थापित गरिने बताए ।

    उनले समय क्रममा सामाजिक सुरक्षाका दायरालाई बिस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको बताए ।

    उनले भने– ‘एउटा तथ्य तपाई हाम्रो अगाडि छ । नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने ,व्यवहारिक रुपमा कार्यान्वयन र स्थापित गर्ने नेतृत्व नेकपा एमालेले गरेको हो । नेकपा एमालेको नेतृत्वको सरकारले गरेको हो । समय क्रममा सामाजिक सुरक्षाका विधाहरुलाई मात्रै बिस्तार गरेका छैनौं । त्यसमा नयाँ विशेषतालाई पनि समाहित गर्दै अगाडि बढेका छौं । यही क्रममा योगदानमा आधारित समाजिक सुरक्षा योजना लागू गरिएको हो । राज्यको जिम्मेवारी नागरिकका प्रति छ । भन्ने शिलशिलामा सामाजिक सुरक्षाको अवधारणा अघि सारेका छौं । योगदानमा आधारित सामाजिक सुरक्षा त्यसको एउटा मौलिक र नविनतम स्वरुप हो । सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ । भविष्य प्रति आस्वस्त तुल्याएको छ । समाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति हामीले धेरै काम गर्नु पर्ने छ । सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी छ । प्रभावकारी र परिणाम दिने गरी अगाडि लैजानु पर्ने आवश्यकता छ ।’

    उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारमा अघि सारिएको बताए ।

    उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको दाबी गरे ।

    उनले केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उल्लेख गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।