कृष्ण अन्जान, रुरु । तिज नेपाली महिलाहरुकाे महान पर्व तर विगत वर्ष देखि काेभिडले तिज थलिएकाे छ । रुरुक्षेत्रका गाउँ घर शून्य छन बजार शून्य छन । कुनै सँघ सँस्थाले पनि यसपटक महिलाहरुलाई जम्मा पारेर तिजकाे दर खुवाउने तडक भडक पनि गरेकाे देखिएकाे छैन ।
रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडीबजारका अामाहरुकाे जेठाे सँस्था सप्तचण्डी महिला समुहले २० वर्ष देखि निरन्तरता दिएकाे तिज मिलन र दरखाने कार्यक्रम याे वर्ष स्थगित गरेकाे छ ।
एकातिर काेभिडकाे असर र अर्कातिर रिडी लगाएत याे क्षेत्रका चर्चित समाज सेविहरु पशुपति प्रसाद अामात्य केदार लाल प्रधान रामलाल प्रधान सुन्दर श्रेष्ठ सराेज जाेशि यसाेधरा श्रेष्ठ कमल पाण्डे द्वन्द्व पिडीत अामा यमकला ज्ञवालीकाे असामयिक निधन प्रति शाेक मानउँदै सप्तचण्डी महिला समुहले तिजका सबै कार्यक्रम हरु स्थगित गरेकाे समुहकी अध्यक्ष धना रानाले बताउनु भयाे ।
याे वर्ष मन नै निराश बन्याे एकातिर काेभिड सँक्रमणकाे असर र अर्कातिर रिडीबजार लगाएत याे क्षेत्रका बरिस्ठ व्यक्तितब हरुकाे निधनले मर्माहत हुँदा हामीले याे वर्ष दर नखाएर के हुन्छ र ? यस क्षेत्रका समाजसेवी र अभिभावक हरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवार जनमा शाेकलाई शक्तिमा बदल्न समवेदना व्यक्त गर्दै हामिले तिज कार्यक्रम नगरेका हौँ सप्त चण्डी महिला समुहकि सचिव मिना श्रेष्ठ रायमाझीले भन्नु भयाे ।
सप्तचण्डी महिला समूह २०५७ सालमा स्थापना भएदेखि समाजसेवा साँस्कृतिक उत्थान विकास निर्माणमा अाफुलाई कृयाशिल बनाउँदै अाएकाे छ ।
हामीले पटक पटक तिजका ठुला प्रतियोगिता गरेका छौँ हाम्रै पसिनाले रुरु खेल मैदान बनेकाे हाे रिडीबजारकाे सरसफाइ सामाजिक सराेकार सामाजिक न्यायमा हाम्रो सँस्थाले अाफुलाई स्थापित गराउँदै सामाजिक उत्तर दायित्व वहन गर्ने अग्रणि सँस्था सप्तचण्डी भएकाे सप्तचण्डी महिला समुहकि उपाध्यक्ष तुल्सी गुरुँगले भन्नुभयाे ।
सामाजसेवाकाे पर्यायवाची सप्तचण्डी महिला समुहले याे वर्षकाे तिजलाई स्थगित गरेर काेभिड सँक्रमण न्युनिकरण सँगै सामाजिक व्यक्तित्व प्रति श्रदासुमन ब्यक्त गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology