Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएलमा आज : पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्दै, दिउँसो चितवन भर्सेस पोखरा

एनपीएलमा आज : पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्दै, दिउँसो चितवन भर्सेस पोखरा

images
  • एनपीएलमा आज : पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्दै, दिउँसो चितवन भर्सेस पोखरा
    images
    images

     

    images
    images
    images

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमने सामने हुँदैछन्। 

    images
    images
    images

    खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिमको यो प्रतियोगिताकै पहिलो खेल हो। उता कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेको विराटनगर आफ्नो दोस्रो खेल खेल्दैछ। दुवै पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिनेछन्।

    images
    images
    images

    विराटनगरले आफ्नो पहिलो खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको हार ब्यहोरेको थियो ।

    जनकपुरविरुद्ध विराटनगरका कुनै पनि ब्याटर चल्न सकेका थिएनन्। टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरका लागि न्युजिल्यान्डका पूर्व ओपनर मार्टिन गप्टिलले अर्धशतक र ओमानी खेलाडी अकिब इल्यासले १५ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुरुआती केही ओभर समस्यामा देखिएका गप्टिल ४३ बलमा ५५ बनाएर स्पिनर हर्ष थाकरको शिकार बन्नेका थिए।

    सुदूरपश्चिमविरुद्ध केभिन ओ’ब्रायनको नेतृत्वमा रहेको विराटनगरलाई जित दिलाउन चाहिने भनेको  उत्कृष्ट ब्याटिङ नै हो।

    सुदूरपश्चिम सन्तुलित टोली देखिन्छ। अनुभवी खेलाडी र प्रशिक्षक टोलीलाई लिएर सकारात्मक छ। सबै पक्षमा बलियो भएकाले सुदूरपश्चिमले मैदानमा उच्च प्रदर्शनको अपेक्षा राखेको छ।

    ‘टोलीमा जुनियर, सिनियर र विदेशी खेलाडीको तालमेल छ। त्यसैले आशा उच्च प्रदर्शनको छ,’ मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षणका दौरान भनेका थिए, ‘तर, यो भनिरहँदा ट्वान्टी-२० मा एउटा ओभरले पनि नतिजामा फरक पार्न सक्छ। हामी त्यसका लागि तयार रहनुपर्छ।’

    अनुभवी खेलाडी विनोद भण्डारी पनि टोलीले मैदानमा देखाउने प्रदर्शनमा विश्वस्त देखिन्छन्। 

    सुदूरपश्चिमले एनपिएलका लागि स्कट्ल्यान्डका ब्रेन्डन म्याकमुन, इङ्ल्यान्डका सेफ जैब, न्युजिल्यान्डका स्कट कुग्गेलिजन र युएईका रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ। यसैगरी अलराउन्डर तथा कप्तान दीपेन्द्रसिंह ऐरी, ब्याटर आरिफ शेख र बलर अभिनास बोहोरा सुदूरपश्चिमका हेर्नलायक घरेलु खेलाडी हुन्।

    दिनको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।