काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १ सय ३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कर्णालीका लागि एनपिएलमा डेब्यु गरेका १६ वर्षीय युवा खेलाडी विपिन शर्माले ३ विकेट लिएपछि चितवन मध्यम स्कोरमा खुम्चियो। टस हारेर पहिले ब्याटिङ गरेको चितवन २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रनको स्कोर तयार गर्यो।
उसका लागि रभि बोपराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे। उनले ४० बलमा ५९ रन बनाएर अविजित रहे। त्यस्तै कप्तान कुशल मल्लले २३ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा विपिन रावतको ११ रन रह्यो।
अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। मध्यम स्कोरमा समेट्ने क्रममा कर्णालीका शर्माले ३ विकेट लिंदा जेसन मक्सुदले २ तथा सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।
चितवनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि सानदार जितसहित ४ अङ्क बनाएको छ। तर कर्णाली भने सुरुवाती दुई खेलमै पराजित भएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology