Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराका गौस बने एनपीएलमा शतक बनाउने पहिलो ब्याटर

पोखराका गौस बने एनपीएलमा शतक बनाउने पहिलो ब्याटर

images
  • पोखराका गौस बने एनपीएलमा शतक बनाउने पहिलो ब्याटर
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका ओपनर आन्द्रियस गौस शतक बनाउने पहिलो ब्याटर बनेका छन् । उनले शुक्रबार लुम्बिनी लायन्सविरुद्ध एनपीएलकै पहिलो शतक बनाएका हुन् । एनपीएलमा हालसम्म ११ अर्धशतक बनेका छन् ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याइरहेको पोखराबाट गौसले ५४ बलमै १०० रन बनाए । यसक्रममा उनले १२ चौका र पाँच प्रहार गरे ।

    images
    images
    images

    जारी खेलको १६ ओभर सकिँदा पोखराले विकेट नगुमाई १०३ रन बनाएको छ ।

    images
    images
    images

    पोखराबाट हाल क्रिजमा गौससँगै रहेका दीनेश खरेलले ५२ रन बनाएको छन् ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो । लुम्बिनीबाट शतक बनाउन चुकेका कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाएका थिए ।

    लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।