Logo

२०८३, श्रावण ३०गते


images
images

बलिङमा लुम्बिनीको चमत्कार : जनकपुरले दियो १३७ रनको चुनौती

बलिङमा लुम्बिनीको चमत्कार : जनकपुरले दियो १३७ रनको चुनौती

images
  • बलिङमा लुम्बिनीको चमत्कार : जनकपुरले दियो १३७ रनको चुनौती
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको चुनौती दिएको छ । ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै जनकपुरले १३६ रन बनाएको हो । लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा तमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको हो ।

    images
    images
    images

    जनकपुरका लागि कप्तान अनिल शाह अर्धशतक बनाउन ५ रनले चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे। उनी सन्दीप जोराको बलमा क्याच आउट भएका हुन्। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।

    images
    images
    images
     

    लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके। मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए।

    images
    images
    images

    कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए। उसका लागि सन्दीप जोराले एकएक विकेट हात पारे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।