बुटवल । रुपन्देहीका संघसंस्था प्रमुख तथा प्रतिनीधिहरुले बुटवलमा सञ्चालन हुने मेला एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलाका सन्दर्भमा सोमबार मेला स्थल बुटवल मण्डपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायी संस्थाका प्रमुख तथा प्रतिनिधिघरुले मेला सबैको भएकाले यसको अवनत्व सबैले लिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेला तयारीका बारेमा जानकारी गराए । उनले मेला सञ्चालनका क्रममा गर्नुपर्ने थप तयारी बारे समेत सुझाव दिन आग्रह गरे ।
त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष दिपिल सापकोटा, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बुटवलमा तीन वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्दै आएको र एउटाले गर्ने मेलामा अर्काे संस्थाको पूर्ण साथ र सहयोग रहने बताए ।
त्यसैगरी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले मेलाको अवलोकनकर्ता बढाउनेगरी योजना बनाउन सुझाव दिँदै पछि समस्या नआउने गरी सुरुमै सचेत हुन आग्रह गरे ।
होटल तथा पर्यटन व्यवसायी माधव नेपालले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्नेगरी मेलामा समेट्न आग्रह गरे ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उपभोक्तामैत्री व्यवस्थापनमा जोड दिएको मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology