Logo

२०८३, आश्विन ९गते


images
images

बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

images
  • बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान
    images
    images

    बुटवल । बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटि फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटि फेयर’ गरिएको हो ।

    images
    images
    images

    व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गरिन । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले हिनताबोधका बिचबाट सुरु भएको व्यूटिपार्लर व्यवसाय आज सबैको अवश्यकता भएको बताए । व्यूटिपार्लर व्यवसायले महिला उद्यमशिलता पनि बढाएको र आफैमा सम्मानित पेशाको रुपमा स्थापित भएको भनाई राखिन।

    images
    images
    images

    कार्यक्रममा यस क्षेत्रमा रहेर २५ वर्षभन्दा लामो समय व्यूटिपार्लर पेशा व्यवसाय गरेका ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा व्यूटिसियन उशाकिरण गुरूङ, जेनी श्रेष्ठ, सुशिल श्रेष्ठ, सबिता ताम्राकार, कलावती उपाध्याए र बिना श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।

    images
    images
    images

    सम्मान ग्रहण गर्दै जेनी श्रेष्ठले यो सम्मानले आफूहरुलाई ठूलो हौसला र आत्मसम्मान मिलेको बताउँदै संघ प्रति आभार व्यक्त गरिन ।

    कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले महिला उद्यमशिलताको विकासका लागि व्यूटि फेयरको आयोजना गरिएको बताए । उनले अहिले मेला भित्रको मेलाको रुपमा आयोजना गरिएपनि आगामी वर्षमा यसलाई विशिष्टिकृत मेलाकै रुपमा अगाडि बढाउने गरी योजना बनाएको पनि जानकारी गराए ।

    कार्यक्रममा मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारी, व्यूटि फेयरकी संयोजक रेनु श्रेष्ठ, सम्मानित जेनी श्रेष्ठ, नेपाल व्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष अनिता केसी, तिलोत्तमाकी अध्यक्ष अञ्जना केसी लगायतले भनाई राखेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।