Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई

बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई

images
  • बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई
    images
    images

    बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजना गरिएको व्यूटि फेयर २०८१ को उपाधि इरुम व्यूटि पार्लरकी ममता रानाले हात पारेकी छन । उत्कृष्ट १२ मेकअप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुमकी रानाले उपाधिसँगै २० हजार पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी हुन ।

    images
    images
    images


    प्रतियोगितामा फस्ट रनरअप सेजल व्युटीहोमकी सेजल प्रधान, र सेकेन्ड रनरअप सफल लुमी व्युटी होमकी दिपु शाहीले प्राप्त गरे । उनिहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको प्रतियोगिताकी संयोजक तथा मेला कार्यसम्पादन समितिकी सदस्य रेनु श्रेष्ठले बताइन ।

    images
    images
    images


    प्रतियोगितामा मेकप आर्टिस्टहरु श्रेया केसी, फेसन डिजाइनर अनुपा श्रेष्ठ र सामाजिक अभियन्ता कल्पना शिवाकोटी जुरी मेम्बरको भूमिकामा रहेका थिए । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको व्युटी फेयर २०८१ मा निःशुल्क परामर्श, महिला उद्यमीलाई प्रवद्र्धन, हस्तकलाका सामग्रीहरु बिक्री लगायतका स्टलहरु राखिएको व्युटी फेयर संयोजक श्रेष्ठले जानकारी गराए ।

    images
    images
    images

    बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यही पौष ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक व्यूटि फेयर गरिएको हो ।

    महिला उद्यमशिलताको विकासका लागि गरिएको व्युटी फेयरमा सौन्दर्य कलामा लागेका महिलाहरुका उद्यम तथा अन्य महिला उद्यमीहरुलाई समेत जोडेर १६ वटा स्टल राखिएको छ । त्यस्तै स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञद्वारा परामर्श, छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका प्रोडक्टहरु विक्रिका लागि राखिएको छ ।

    मेलामा आईतबार खुला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स अफ बुटवल लगायतका प्रतियोगिता भएका छन् । त्यसैगरी गायक राजनराज सिवाकोटी, लोक तथा दोहोरी गायक बैकुण्ठ महत, विष्णु श्रीपाली, लोकेन्द्र सापकोटा, मिसन भूसाल, हास्य कलाकार विष्णुजी पाण्डे, डान्सर साहिर केसी लगायतका कलाकारहरुको प्रस्तुती रह्यो ।

    त्यसैगरी आज (सोमबार) लोक तथा दोहोरी गायक खेम सेन्चुरी, दिपक गरौंजा, सीता राना, शान्तारानी परियार, मोहन खड्का, रामप्रसाद पौडेल, पुष्पा राना, कल्पना परियार, व्यूटि रसाल, प्रेम विश्वकर्मा, लोक गायक कमला लम्सालको प्रस्तुती रहने छ ।

    त्यसैगरी अफ्सर अलीको विशेष प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए । सोमबार नै खुल्ला लोक दोहोरी प्रतियोगिता र भ्वाईस अफ बुटवल हुनेछ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।