Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल : चार खेल गुमाएको लुम्बिनी र एक हार चाखेको चितवन भिड्दै

एनपीएल : चार खेल गुमाएको लुम्बिनी र एक हार चाखेको चितवन भिड्दै

images
  • एनपीएल : चार खेल गुमाएको लुम्बिनी र एक हार चाखेको चितवन भिड्दै
    images
    images

    काठमाडौं।   नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन्।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार बिहान ९ बजे चितवन र लुम्बिनीको भिडन्त सुरु हुनेछ। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ। चार खेल खेलिसकेको लुम्बिनी जितबिहीन हुँदा खाता खोल्न सकेको छैन।

    images
    images
    images

    चितवनविरुद्धको खेलमा लुम्बिनीको लक्ष्य खाता खोल्ने हुनेछ। चितवन भने लगातार पराजित लुम्बिनीलाई दबाबमा राख्दै अंक बढाउन चाहन्छ।

    images
    images
    images

    लुम्बिनी रोहित पौडेलको कप्तानीमा छ भने चितवनका कप्तान कुशल मल्ल हुन्। अघिल्लो खेलमा चितवनले उपाधि दाबेदारको रुपमा हेरिएको सुदूरपश्चिमलाई हराएर आफ्नो क्षमता देखाइसकेको छ। सुदूरपश्चिमलाई ३३ रनले हराएको चितवन उच्च मनोबलका साथ मैदानमा हुनेछ।

    रोहितको टिम लुम्बिनी जारी प्रतियोगितामा सबैभन्दा बढी १९२ रनको लक्ष्य प्रस्तुत गर्दा पनि विराटनगरसँग पराजय भोग्न बाध्य भएको थियो। उता जकपुर बोल्ट्सबाट १३६ रनको सामान्य लक्ष्य पाउँदा पनि लुम्बिनीले जित निकाल्नबाट चुकेको छ।

    जारी प्रतियोगितामा लुम्बिनीको ब्याटिङ चल्दा, बलिङ चलेको छैन। बलिङ चल्दा, ब्याटिङ चल्न सकेको छैन।

    लुम्बिनीले लगातार हारे पनि कप्तान रोहित प्रतियोगितमा सबैभन्दा बढी रन बनाउने दोस्रो खेलाडी हुन्। पोखरा एभेन्जर्सविरुद्ध उनी शतक प्रहार गर्न ५ रनले चुके। तर तर पोखराविरुद्धको खेलमा उनको सर्वाधिक रन बनाउने ब्याटरको कीर्तिमान तोडियो। जावाफी ब्याटिङमा उत्रिएका पोखराका एन्ड्रिज गौसले एनपीएलकै पहिलो शतक हानेर रोहितको सर्वाधिक रनको कीर्तिमान तोडे। एन्ड्रिजले १०४ रन बनाए। अहिलेसम्म जारी प्रतियोगितामा यो नै सबैभन्दा बढी रन हो।

    अर्कातिर पोखराविरुद्ध रोहितको टोलीले एक विकेट पनि लिन सकेन। जारी प्रतियोगितामा एक खेलमा एक विकेट लिन नसक्ने टोली रोहितकै लुम्बिनी हो।

    एनपीएल अन्तर्गतका १५ वटा खेल सकिँदा चार खेलमा अपराजित जनकपुर आठ अंकसहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम र चितवनको समान ६ अंक भए पनि रनरेटका आधारमा अंक तालिकामा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छन्।

    चारमा दुई खेल जितेको कर्णाली चौथो स्थानमा छ भने एकएक खेल जितेका पोखरा, काठमाडौं र विराटनगर क्रमशः पाँचौ, छैटौ र सातौं स्थानमा छन्। तालिकाको पुछारमा रहेको लुम्बिनी भने चार खेल खेलिसक्दासमेत अंकबिहीन छ।

    मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन्। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।