Logo

२०८३, श्रावण ३०गते


images
images

अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती

अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती

images
  • अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पाँचौँ खेलमा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स जितसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ ।

    images
    images
    images

    प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जित निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।

    images
    images
    images

    चार खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । शीर्षक्रम ब्याटिङमा रहेका कप्तान अनिल साह, विकेटकिपर आसिफ सेख, लहिरु मिलान्था, जिम्मी निसम र हर्ष थोकरबाट जनकपुरले बलियो साथ पाएको थियो ।

    यता, चारमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जितसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

    चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । टिमका कप्तान समेत रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँगै सैब जैब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलमको साथले सुदूरपश्चिमलाई प्रतियोगिताकै उपाधि दाबेदारको रूपमा हेरिएको छ ।

    सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार बेहोरेको थियो ।  

    प्रतियोगितामा जनकपुरले चारमध्ये तीन खेलमा लक्ष्य पछ्याउँदा जित निकालेको थियो । यता, सुदूरपश्चिमले भने जितका तीन वटै खेलमा टोलीले प्रस्तुत गरेको लक्ष्य रक्षा गरेको थियो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।