Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी लायन्सलाई काठमाडौँ गुर्खाजले दियो १०४ रनको लक्ष्य

लुम्बिनी लायन्सलाई काठमाडौँ गुर्खाजले दियो १०४ रनको लक्ष्य

images
  • लुम्बिनी लायन्सलाई काठमाडौँ गुर्खाजले दियो १०४ रनको लक्ष्य
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्ससामु काठमाडौं गोर्खाजले १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

    images
    images
    images

    कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंका १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो ।

    images
    images
    images

    लुम्बनीका बलरसामु काठमाडौंका ब्याटर टिक्न सकेनन् । पहिलो विकेटका रुपमा स्टिफन एस्किनाजी पहिलो ओभरको तेस्रो बलमै आउट भएका हुन् । दुई बल सामना गरेका उनलाई खाता नदिइ लुम्बिनीका रामोन सिमन्ड्स पवेलियन फर्काए ।

    images
    images
    images

    दोस्रो विकेटकारुपमा अर्का ओपनर स्टिफन एस्किनाजीले १६ बल टिकेर २ चौकाको सहयोगमा १० रन मात्रै बनाए । उनलाई काठमाडौंका अभिनाश गौतमले आउट गराए ।

    ५ ओभर लुम्बिनीका साद बिन जफरले दुई विकेट लिए । जफरले ५ ओभरको पहिलो बलमा गेर्हार्ड इरास्मसलाई सन्दीप जोरामार्फत क्याच आउट गराएका हुन् । ५ ओभरको पाँचौं बलमा उनले सुमित महर्जनलाई एलबीडब्ल्यू आउट गराएका हुन् ।

    गेर्हार्डले ४ बल सामना गर्दा १ रन बनाए भने सुमितले ४ बलमा ४ रन मात्रै जोडे । डान डौथवेट २४ बल खर्चिएर २ छक्काको सहयोगमा २१ रन जोडे ।

    पहिलो विकेट खसेपछि क्रिजमा आएका भीम सार्कीले काठमाडौंको इनिङ उकास्न प्रयास गरे । पहिलो ओभरको चौथो बलमा क्रिजमा छिरेका भीम सार्की १७ ओभरको अन्तिम बलमा अभिनास गौतमको बलमा आउट भए । उनले ४० बल खर्चिएर १ चौकाको सहयोगमा ३१ रन जोडे ।

    काठमाडौंका लागि प्रतिक श्रेष्ठले २४ बलमा २ छक्काको सहयोगमा २१ रन जोडे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

    लुम्बिनीका लागि जफरले सर्वाधिक ३ विकेट लिए । अभिनास र रामोन सिमन्ड्स समान २(२ विकेट लिए । विवेक याद र सूर्य तामाङले १-१ विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।