काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology