काठमाडौं । विद्युतीय अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनछेक बहस आज हुँदै छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी अनुसन्धानका आधारमा अदालतमा मुद्दा अदालतका दर्ता गराएको थियो ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक टेलिकममा लगानी रहेको दाबी गरिएको भिडियो प्रसारण गरेपछि उनी साइबर अपराध मुद्दामा पक्राउ परेका थिए ।
प्रसाईंमाथि आफैँले नक्कली कागजात बनाएर प्रधानमन्त्री ओलीविरुद्धको कागजात प्रसारण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । तर, प्रसाईंले कागजात आफूले नबनाएको बयान दिएका छन् ।
उनले बयानमा भनेका छन्, "नेपालमा भइरहेको राजनीतिक अस्थितरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक संकट युवाहरूको विदेश पलायन सामान्य नागरिकले महँगीको मारमा झेल्नुपरेको पीडा पिरमर्कालाई बुझी नेपालीहरूको अभिभावको रूपमा मैले तीन वर्षदेखि नागरिक बचाऊँ महाभियानको नेतृत्व गर्दै आएको छु ।’’
प्रसाईंले थप भनेका छन्, ‘‘यो कार्य गर्दा अवरोध सिर्जना गर्ने वर्तमान संघीय सरकारका प्रमुखलाई चुनौती दिँदै अभियान चलाइरहेको छु । सोही क्रममा हालका प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको छ भनेर मेरो मोबाइल नम्बरमा फोन गरेर जानकारी गराएका थिए । सोही क्रममा उनैले मेरो ह्वाट्सएपमा ओलीविरुद्धका प्रमाणहरू पठाइदिएका हुन् । मैले बनाएको होइन् ।’’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology