Logo

२०८३, श्रावण ३०गते


images
images

काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

images
  • काठमाडौंसँग पोखरा ६ विकेटले पराजित
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो ।

    images
    images
    images

    पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे ।

    images
    images
    images

    काठमाडौंका लागि ओपनर स्टेफेन स्किनाजीले सर्वाधिक ६० रनको योगदान दिए । यस्तै, माइकल लेभिटले ३२, जेहार्ड एरास्मसले २५ तथा भीम सार्कीले २२ रन जोडे ।

    images
    images
    images

    पोखराका लागि विपिन खत्रीले तीन तथा माइकल लिस्कले एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

    पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

    काठमाडौंका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक–एक विकेट लिए ।

    यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ । पराजित भएको पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना कायमै छ । पोखराको ६ खेलबाट ४ अंक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।