Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते

images
  • अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते
    images
    images

    सिकागो । अमेरिकाको हाई स्कुलमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य ६ जना घाइते भएका छन्।

    images
    images
    images

    विन्सकिन्सिन प्रहरीले दिएको जानकारी अनुसार राज्यको राजधानी मेडिसनको अबुन्डान्ट लाइफ क्रिस्चियन स्कुलमा बन्दुकधारीले आक्रमण गरेका हुन्।

    images
    images
    images

    आक्रमण लगत्तै प्रहरी पुग्दा दुई जनाको मृत्यु भइसकेको थियो। प्रहरीले एक महिलामाथि शङ्का गरेको छ। टिनएजका एक विद्यार्थी र शिक्षकको ज्यान गएको छ। घाइते मध्यका दुई जना विद्यार्थीको अवस्था चिन्ताजनक छ।

    images
    images
    images

    सो घटना भएको विन्सकन्सिन राज्य सिकागोको उत्तर पश्चिममा पर्छ। सो राज्य प्रविधि, स्वास्थ्य र व्यवस्थापनको शिक्षाका लागि अग्रणी मानिन्छ।

     

    घटनापछि विन्सकिन्सिनका गभर्नरले सो राज्यमा २२ डिसेम्बरसम्म झन्डा आधा झुकाउने निर्णय गरेका छन्। फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई)ले त्यहाँ अनुसन्धान भइसकेको जनाएको छ। एफबिआईले स्थानीय शक्तिलाई त्यहाँ प्रयोग गरीसकेको जनाएको हो।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घटना लगायत अन्य धेरै घटनामा दुःख व्यक्त गर्दै नयाँ कानुन आवश्यक रहेको बताएका छन्। उनले विद्यालयमा बन्दुक प्रहारका घटना बढी रहेका कारण यसलाई रोक्न काँग्रेसबाटै नयाँ कानुन पास गर्नुपर्ने कुरामा जोड दिएका हुन्।

    उनले बन्दुक प्रहारबाट विद्यार्थीलाई जोगाउन नसक्नु दुःखद विषय भएको बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोली प्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।