Logo

२०८३, श्रावण ३०गते


images
images

अनिल साहले एनपीएलका बाँकी खेल नखेल्ने, आशिफ बने नयाँ कप्तान

अनिल साहले एनपीएलका बाँकी खेल नखेल्ने, आशिफ बने नयाँ कप्तान

images
  • अनिल साहले एनपीएलका बाँकी खेल नखेल्ने, आशिफ बने नयाँ कप्तान
    images
    images

    काठमाडौं । जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल नखेल्ने भएका छन् ।

    images
    images
    images

    हातमा चोट लागेकाले अनिलले एनपीएलका बाँकी खेल गुमाउने पक्का भएको हो । अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् ।

    images
    images
    images

    चितवन राइनोजविरुद्धको खेलका क्रममा उनको हातमा चोट लागेको थियो । उनको हातको शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।

    images
    images
    images

    जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जानकारी दिएका छन् ।

    अनिलले लिगको पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध पाँच रन मात्रै बनाएको भए पनि दोस्रो खेलमा कर्णाली याक्स विरुद्ध अविजित ६२ रनको शानदार पारी खेलेका थिए ।

    उनले पोखरा एभेन्जर्स विरुद्ध एक, लुम्बिनी लायन्स विरुद्ध ४५, सुदूरपश्चिम रोयल्स विरुद्ध शून्य र काठमान्डु गुर्खाज विरुद्धको खेलमा ११ रन बनाएका थिए । उनी जनकपुरको ओपनर ब्याटर हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।