Logo

२०८३, श्रावण ३०गते


images
images

कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती

कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती

images
  • कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती
    images
    images

    काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती दिएको छ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीले दुई ब्याट्सम्यान जयकिसन कोलसावला र विलियम बसिस्टोको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो।

    images
    images
    images

    कर्णालीका लागि जयकिसानले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दमा सर्वाधिक ५३ रन बनाए भने बसिस्टोले ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५२ रन जोडे। चाडविक वाल्टनले नटआउट २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ रन बनाएको खेलमा गुल्सन झा र रित गौतम शून्यमा आउट भए। देव खनाल तीन रन बनाउँदा रन आउट हुँदा कप्तान सोमपाल कामीले एक बलको मात्र सामना गरे।

    images
    images
    images

    चितवनका लागि सोएल तनवीरले दुई विकेट हात पार्दा शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए। अब चितवनले जवाफी ब्याटिङ गर्दैछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।