Logo

२०८३, श्रावण ३०गते


images
images

पहिलो क्वालिफायर : सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

पहिलो क्वालिफायर : सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

images
  • पहिलो क्वालिफायर : सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।

    images
    images
    images

    जनकपुरका लागि सर्वाधिक ४५ रन जेम्स नीशमले जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । उनलाई अर्धशतक प्रहार गर्न ५ रन बाँकी रहँदै सुदूरपश्चिमका स्कट कुग्गेलिजनले रोके ।

    images
    images
    images

    सुवास कंशाकारले २४ बलमा ४ चौकाको सहयोगमा २६ रन जोडे । बाँकी चितवनका अन्य ब्याटरहरु आजको खेलमा चल्न सकेनन् ।

    ओपनरद्वय लाहिरु मिलन्था र आशिफ शेख सस्तैमा आउट भए । लाहिरुले १२ र आशिफले ११ रन मात्रै जोडे ।

    लाहिरु सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको एलबीडब्ल्यू धरापमा परेर पवेलिएन फर्किए । आशिफ सैफ जाइबको बलमा आउट भए ।

    हर्ष थाकर १२ र अरनिको यादव ११ रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

    बलिङतर्फ दीपेन्द्रले ३ विकेट लिए । सैफ जाइबले दुई विकेट लिँदा स्कट कुग्गेलिजन र अभिनास बोहोराले समान १–१ विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।