Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णालीको भिडन्त

एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णालीको भिडन्त

images
  • एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णालीको भिडन्त
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ।

    images
    images
    images

    दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो।

    images
    images
    images

    पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार दिउँसो १२ : ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

    images
    images
    images

    दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ।

    \तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गरेको हो। यसअघि लिग चरणको खेलमा मंसिर २६ गते जनकपुर र सुदूरपश्चिम आमनेसामने भएका थिए। उक्त खेलमा सुदूरपश्चिम ७२ रनले विजयी भएको थियो।

    त्यो खेलमा सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो।

    अघिल्लो भेटमा कर्णालीमाथि जनकपुर आठ विकेटले विजयी

    दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो। लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो। मंसिर १७ गते भएको खेलमा कर्णालीले दिएको १४१ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमै दुई विकेटको क्षतिमा पूरा गरेको थियो। कर्णालीले विदेशी खेलाडीलाई ल्याउनेक्रम भने अझै रोकिएको छैन। बुधबार मात्र चितवनविरुद्ध कर्णालीबाट डेब्यु गरेका भारतीय खेलाडी जयकिशन कोलसावालाले अर्धशतक हिर्काए। जनकपुरका लागि कर्णालीका अर्का अलराउण्डर विलियम बस्सिटो पनि घातक हुनसक्छन्।

    बुधबार कर्णालीसँग पराजित भएसँगै चितवन प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताबाट बाहिरिए पनि चितवनका रबि बोपाराले सर्वाधिक रनको रेकर्ड बनाएका छन्। बोपाराले लुम्बिनीका कप्तान रोहित पौडेलको कीर्तिमानी भङ्ग गरेका हुन्।

    रोहित लिग चरणका ७ खेलमा २७९ रन जोड्दै लिगको सबैभन्दा बढी रन प्रहार गर्ने ब्याटर थिए। कर्णालीविरुद्ध अर्धशतक प्रहार गरेर बोपाराले लिग चरणको ७ र एलिमिनेटरको १ गरी जम्मा ८ खेलमा २८६ रन जोडेका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।