Logo

२०८३, श्रावण ३०गते


images
images

दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य

दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य

images
  • दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायरमा कर्णाली याक्सका ब्याटर नचल्दा जनकपुर बोल्ट्सले ११९ रनको सहज लक्ष्य पाएको छ ।

    images
    images
    images

    कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाालीले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो ।

    images
    images
    images

    क्वालिफायरमा जनकपुरका बलर सामु कर्णालीका ब्याटर टिक्न सकेनन् । गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन जोडे ।

    images
    images
    images

    २० बल खेलेका अर्का ब्याटर ओपनर देव खनालले २४ रन बनाएर । उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

    क्वालिफायरमा जनकपुरका बलर सामु कर्णालीका ब्याटर टिक्न सकेनन् । यो इनिङमा कर्णालीका ब्याटरहरुले जम्मा १० चौका र ३ छक्का मात्रै प्रहार गरे ।

    गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन जोडे ।

    युनिश ठकुरीले १७ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । ओपनर जयकिशन कोलसेवाला रनको खाता मात्रै खोलेर आउट भए । उनले ४ बल खर्चेर १ रन मात्रै बनाएका हुन् ।

    कर्णालीका जिशान मकसूद १२, विलियम बिसिस्टो १४ र चाडबिक वाल्टन ११ रनमा आउट भए ।

    बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स नीशम र महोम्मद मोसिनले समान दुई–दुई विकेट लिए ।

    ललितले कर्णालीका ओपनर जयकिशन र विलियम बोसिस्टोको विकेट लिए ।

    जेम्सले कर्णालीका ओपनर देव खनाल र युनिश ठकुरीलाई पवेलियन फर्काए । महोम्मद मोसिनले जिशान मकसूद र गुलशन झाको विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।