Logo

२०८३, श्रावण ३०गते


images
images

रविलाई निलम्बनको पत्र संसद्‍मा

रविलाई निलम्बनको पत्र संसद्‍मा

images
  • रविलाई निलम्बनको पत्र संसद्‍मा
    फाइल फोटो
    images
    images

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछानेलाई निलम्बन गर्न पत्र पठाएको छ।

    images
    images
    images

    प्रहरीले ईमेलमार्फत पठाएको निमल्बनसम्बन्धी पत्र आइतबार अपरान्ह पठाएको संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले  बताए ।

    images
    images
    images

    अभियोग पुष्टि भए कति बर्ष जेल ?

    images
    images
    images

    ‘जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत् पठाएको पत्र आइपुगेको छ’, उनले भने, ‘हामी त्यसलाई कानुनबमोजिम प्रक्रियामा लैजान्छौँ।’

    जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै सांसद पदबाट निलम्बनका लागि पत्र आइपुगेको हो ।

    लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वत: निलम्बनमा पर्ने सम्भावना बढेको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ । अब उनलाई थुनामा पठाउने/ नपठाउनेबारे अदालतले थुनछेक बहस गर्ने छ र निर्णय सुनाउने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामाछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।