Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिसमसको दिन युक्रेनको पावर प्लान्टमा रुसको भीषण आक्रमण

क्रिसमसको दिन युक्रेनको पावर प्लान्टमा रुसको भीषण आक्रमण

images
  • क्रिसमसको दिन युक्रेनको पावर प्लान्टमा रुसको भीषण आक्रमण
    images
    images

    काठमाडौं । क्रिसमसको दिन रुसले युक्रेनका धेरै सहरमा ब्यालेस्टिक र क्रुज मिसाइलले आक्रमण गरेको छ । “शत्रुले फेरि हाम्रा ऊर्जा संयन्त्रहरूमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ,” युक्रेनका ऊर्जामन्त्री जर्मन गालुसेन्कोले भनेका छन् ।

    images
    images
    images

    आक्रमणका कारण विद्युत् आपूर्ति तत्कालका लागि बन्द गरिएको उनले बताए । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा धेरै विष्फोटहरू भएका छन् ।

    images
    images
    images

    ऊर्जामन्त्रीले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । आक्रमण रोकिएपछि मात्र विद्युत् कम्पनीले क्षतिको आकलन गर्ने उनले बताए ।

    images
    images
    images

    खार्किभका मेयर इओर तेरेखोभले सहरमा ठूलो मात्रामा मिसाइल प्रहार गरिएको बताएका छन् । उनले शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र कम्तीमा तीनजना घाइते भएको जनाए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    खार्किभ सहरका क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले भने रुसी हवाई आक्रमणमा कम्तीमा ६ जना घाइते भएको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।